IME Life New

बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउने तयारीमा यती ब्रुअरी, २००% लाभांश पारित गर्न डाक्यो एजीएम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यती ब्रुअरीले बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउने तयारी गरेको छ।

कम्पनीले आफ्नो दोस्रो वार्षिक साधारणसभा (एजीएम)मा विशेष प्रस्तावका रुपमा बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउने अजेन्डा पेस गर्दैछ। कम्पनीको साधारणसभा माघ २५ गते डाकिएको छ। सभा काठमाडौंको लाजिम्पाटस्थित अटल कम्प्लेक्सस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सोही सभाले बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउने र यसको सम्पूर्ण प्रक्रिया अगाडि बढाउने जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले साधारण शेयर जारीपश्चात प्राप्त रकमको उपयोग गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

कम्पनीको शेयरको अंकित मूल्य प्रतिशेयर ५० रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव सभाले स्वीकृत गर्नेछ। कम्पनीको हालको चुक्तापुँजीको १०० प्रतिशत (करबाहेक) बोनश शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

त्यस्तै, १०० प्रतिशत (करबाहेक) नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ। सभाले कुल २०० प्रतिशत लाभांश अनुमोदन गर्नेछ।

सभाले आर्थिक वर्ष २०७९/८०को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

47%
happy

खुसी

13%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

7%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS