IME Life New

यी हुन् आज सकारात्मक सर्किट लागेका १३ कम्पनी, कुनमा कति कमाइ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज आइतबार ३१.६२ अंकले बढेको छ। नेप्से परिसूचक २१२०.६२ को विन्दुमा उक्लिएर बन्द भएको छ।

बजार बढ्दा २११ कम्पनीको शेयरभाउ बढेको छ भने ३३ वटाको शेयरभाउ घटेको छ। तीनवटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ। आज करिब साढे ५ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ।

Esewa
Crest

आज १३ वटा कम्पनीको शेयरभाउमा सकारात्मक सर्किट लागेको छ। हिमालयन पावर पार्टनर, कालिका पावर, तेह्रथुम पावर, मध्य भोटेकोशी जलविद्युत कम्पनी र माथिल्लो मैलुङ खोला जलविद्युतको शेयरभामा १० प्रतिशतको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको छ।

यसैगरी त्रिशूल जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ, हिमालयन रिइन्स्योरेन्स, दिव्यश्वरी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, डोल्टी पावर र अप्पर सांगे हाइड्रोपावरको शेयरभाउमा पनि १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको छ।

यो दिन मेगा म्युचुअल फन्ड–१ इकाइधनीहरुले धेरै गुमाए। यो म्युचुअल फन्डको इकाइमूल्य १० प्रतिशतको हाराहारीमा घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS