IME Life New

वैदेशिक रोजगार म्यादी बिमामा नया व्यवस्था: ६ महिनासम्म विदेश नगए बिमालेख स्वत रद्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अबदेखि वैदेशिक रोजगारी (म्यादी) जीवन बिमा खरिद गरेका कामदार ६ महिनासम्ममा पनि विदेश नगए बिमालेख स्वतः रद्द हुने भएको छ । वैदेशिक रोजगार म्यादी जीवन बिमा खरिद बिक्रीमा अनियमितता हुने सक्ने भन्दै समितिले बिमालेख परिमार्जन गरेको हो । समितिले यही वैशाख १ देखि लागू हुनेगरी बिमालेख रद्द हुने व्यवस्था गरेको हो ।

Esewa
Crest

२०६४ देखि नेपालमा वैदेशिक रोजगारीमा जाने कामदारले वैदेशिक रोजगार (म्यादी) जीवन बिमा गर्नुपर्ने व्यवस्था सुरु भएको हो । विदेशमा जाने कामदार असुरक्षित बन्दै गएपछि सरकारले जारी गरेको वैदेशिक रोजगार ऐन २०६४ को दफा २६ मा बिमा गर्नुपर्ने व्यवस्था छ । समितिले कामदारलाई सहज हुने व्यवस्था गरे पनि कतिपयले यसको दुरुपयोग गर्न थालेपछि बिमालेख परिमार्जन गरिएको बिमा समितिका कार्यकारी निर्देशक श्रीमान् कार्कीले बताए ।

प्रस्ताव फारम अनिवार्य
अबदेखि वैदेशिक रोजगारी (म्यादी) जीवन बिमा योजना खरिद गर्दा प्रस्ताव फारम भर्नुपर्नेछ । यसअघि प्रस्ताव फारम अनिवार्य गरिएको थिएन । सोहीकारण कम्पनीहरूले हचुवाका आधारमा नै बिमा गर्न थालेपछि विभिन्न खालका समस्या सिर्जना भएको समितिको भनाइ छ ।

६ महिनाभित्रमा रद्द गर्न सकिने
कामदारले चाहेमा वैदेशिक रोजगार (म्यादी) जीवन बिमा रद्दसमेत गर्न पाउनेछन् । समितिले गरेको नयाँ व्यवस्थाअनुसार कामदारले ६ महिनाभित्र नै बिमालेख रद्द गर्न पाउनेछन् । बिमालेख रद्द गर्दा कम्पनीले ५ सय रुपैयाँ कट्टा गरी बाँकी बिमाशुल्क फिर्ता दिनुपर्नेछ ।

कहिलेदेखि सुरु भयो वैदेशिक रोजगार बिमा
सरकारले २०६४ भदौ १९ मा जारी गरेको वैदेशिक रोजगार ऐन २०६४ को दफा २६ मा कामदारको बिमा गराउनुपर्ने व्यवस्था छ । यसअघि वैदेशिक रोजगारीमा जानेको बिमा गर्ने प्रचलन थिएन । नेपालमा दिनप्रतिदिन वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको र कतिपय रोजगारीमा जानेहरू असुरक्षित भएपछि सरकारले ऐनमा नै बिमाको व्यवस्था गरेको हो ।

तत्कालीन समयमा ऐनमा नै यस्तो बिमाको बिमांक रकम कम्तीमा ५ लाख तोकिएको थियो । जुनसुकै समयमा जुनसुकै कारणले मृत्यु भएमा वा अंगभंग भएमा त्यसको क्षतिपूर्ति पाउने व्यवस्था गरिएको छ भने रोजगारमा पठाउनुअघि इजाजतपत्रवालाले प्रत्येक कामदारको करार अवधिभर कायम रहने गरी बिमा गराउनुपर्ने व्यवस्था गरिएको थियो ।

अधिकतम २० लाख बिमांक रकम
२०७३ माघ १३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको नयाँ व्यवस्थाअनुसार वैदेशिक रोजागर म्यादी जीवन बिमाको बिमांक रकम अधिकतम २० लाख पु¥याइएको छ । २०७३ फागुन १ गतेदेखि लागू हुनेगरी उक्त व्यवस्था गरिएको हो ।

स्वदेशमै पनि जोखिम सुरक्षण
वैदेशिक रोजगार (म्यादी) जीवन बिमाले कामदारको स्वदेशमा समेत जोखिमको सुरक्षण गर्ने भएको छ । बिमित कामदार स्वदेशमा रहेको अवस्थामा बिमालेख खरिद गरेको ६ महिनासम्ममा जोखिमको रक्षावरण गर्नेछ ।

घातक रोग
२०७३ फागुन १ गतेदेखि लागू हुनेगरी सरकारले वैदेशिक रोजगार बिमामा घातक रोग पनि समावेश गरेको हो । घातक रोगअन्तर्गत क्यान्सर, मिर्गौला फेलियर, प्राइमरी पल्मोनरी आर्टरियल हाइपरटेन्सन, मल्टिपल स्क्लेरोसिस, महत्वपूर्ण अंग प्रत्यारोपण, कोरोनरी आर्टेरियल बाइपास ग्राफ्ट, अयोर्टा ग्राफ्ट सर्जरी, मुुटुको भल्भ सर्जरी, स्ट्रोक, पहिलो हृदयाघात, कोमा, पूर्ण अन्धोपन, प्यारालाइसिस, बेनाइन ब्रेन ट्युमर, दुर्घटनाका कारणले भएको मानसिक रोग राखिएको छ । उक्त रोग लागेको अवस्थामा कम्पनीले ५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ । यस्तो रोगको सुरक्षण गरेबापत कामदारले ४ सय रुपैयाँ  गर्नुपर्नेछ ।

त्यस्तै, वैदेशिक रोजगारमा जाने कामदारको भिसाको अवधिभन्दा थप १ वर्ष बढीको बिमालेख जारी गर्ने व्यवस्था छ । सरकारले २०७३ फागुन १ गतेदेखि लागू हुने गरी उक्त व्यवस्था गरेको हो ।

बिमालेख रक्षावरण गर्ने जोखिमहरू
बिमा अवधिमा कामदारको मृत्यू भएमा १० लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने व्यवस्था छ । घातक रोग लागी मृत्यु नभएको तर, शारिरीक रूपले मृत्युसरह मानिने अवस्था प्रमाणित भएमा १३ लाखसम्म भुक्तानी गरिनेछ । घातक रोग मात्रै लागेको अवस्थामा ५ लाख भुक्तानी गर्नुपर्छ । बिमितको आयको नोक्सानी बापत २ लाख, किरिया खर्चबापत १ लाख, औषधि उपचार खर्चबापत १ लाखसम्म, शव ल्याउन खर्चबापत १ लाख कम्पनीहरूले भुक्तानी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS