IME Life New

राष्ट्रियसभामा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न ७ दलको अपिल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रियसभामा आफ्ना उम्मेदवारहरुलाई मतदान गर्न अपिल गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धन दलहरुको बैठक बसेको थियो। बैठकपछि सत्ता गठबन्धनका ७ दलले संयुक्त रुपमा यस्तो आपिल जारी गरेका हुन्। गठबन्धनलाई संगठित र बलियो बनाउन साझा उम्मेदवारलाई जिताउनु आवश्यक रहेको निष्कर्ष गठबन्धनमा सहभागी दलहरुको रहेको छ।

Esewa
Crest

राष्ट्रियसभा निर्वाचनका क्रममा गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुन सक्ने अपिलमा उल्लेख छ। ‘यो निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि हो’, अपिलमा भनिएको छ, ‘तसर्थ गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक छ।’

संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि आफूहरुले राजनीतिक गठबन्धन निर्माण गरेको अपिलमा जिकिर गरिएको छ। लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरण, राजनीतिक स्थिरता, दिगो शान्ति, सुशासन र समृद्धिका लागि आफूहरु प्रतिबद्धता रहेको र सदैव निष्ठापूर्वक क्रियाशील रहने प्रतिज्ञा पनि अपिलमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS