IME Life New

सन सेक्युरिटिजद्धारा शेयर बजार सम्बन्धी तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले पृथ्वी जयन्तीको अवसरमा सन सेक्युरिटिजको कार्यालयमा लगानीकर्ताहरुलाई शेयर बजार सम्बन्धी सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गरेको छ । २ वटा सेसन गरेर सञ्चालन गरिएको तालिम कार्यक्रममा १०० जना लगानीकर्ताहरुको सहभागिता रहेको थियो ।

विहान ११ बजेदेखि १ बजेसम्म शेयर बजार सम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरिएको थियो भने दिउँसो २ बजेदेखि ४ बजेसम्म शेयर बजारको प्राविधिक विश्लेषण सम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरिएको थियो ।

Esewa
Crest

तालिम कार्यक्रममा नेपालको शेयर बजारको आधारभूत पक्ष, नेपालको शेयर बजारको वर्तमान अवस्था, कम्पनी विश्लेषणका विधिहरु तथा प्राविधिक विश्लेषण बारेमा तालिम प्रदान गर्नुका साथै सहभागी लगानीकर्ताहरुसँग शेयर बजार सम्बन्धित अनुभव तथा समस्या र तिनको समाधानका विषयमा अन्तरक्रिया गरिएको थियो ।

तालिम कार्यक्रममा सन सेक्युरिटिजका तर्फबाट कार्यकारी अध्यक्ष कृष्ण गिरी, सुशिल भट्टराई रबि बुढाथोकी र सैयम बज्राचार्यले तालिम कार्यक्रम प्रदान गरेका थिए भने तालिम कार्यक्रमको संयोजन सन सेक्युरिटिजका अनुशा हलवाईले गरेका थिए ।

तालिम कार्यक्रमको सम्बन्धमा बोल्दै कम्पनीका कार्यकारी अध्यक्ष कृष्ण गिरीले नियमित रुपमा प्रत्येक शुक्रबार सन सेक्युरिटिज प्रा.लि.ले आफ्नै कार्यालयमा विहान ११ बजे देखि १ बजेसम्म आधारभूत शेयर तालिम कार्यक्रम र दिउँसो २ बजे ४ बजेसम्म प्राविधिक विश्लेषण तालिम कार्यक्रम सञ्चालन गरिने बताए । यसका साथै आगामी सोमबार माघे सक्रान्तिको अवसरमा समेत विहान ११ बजेदेखि १ बजेसम्म शेयर बजार सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरिने र इच्छुक लगानीकर्ताहरुले तालिम कार्यक्रममा सहभागी हुन पाउने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS