IME Life New

अपि पावरले सम्पन्न गर्यो २०औं वार्षिक साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्नो २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभा काठमाडौंको थापागाउँमा रहेको बानेश्वर ब्याङ्क्वेटमा कम्पनीका अध्यक्ष संतिश न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो।

साधारणसभाले अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९ /०८०को वार्षिक प्रतिवेदनलाई छलफल गर्दै पारित गरेको छ। साथै, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक बर्ष २०७९ /०८०को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल गर्दै पारित भएको छ। सभाले आर्थिक वर्ष २०८०/०८१का लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण पनि गरिएको छ।

Esewa
Crest

सभाले कम्पनीले नयाँ आयोजनाहरुको पहिचान, विकास, प्रवर्द्धन गर्न लगानी गर्ने तथा अन्य कम्पनीबाट समेत प्रवर्द्धन भई विकास तथा निर्माण भईरहेको जलविद्युत आयोजनाहरुमा लगानी गर्ने अखित्यारी समेत संचालन समितिलाई प्रदान गर्दै आएको छ।

कम्पनीले आफ्नो लगानी तथा बैक ऋणबाट सुदुर पश्चिम प्रदेश, दार्चुला जिल्लामा वहने नौगड गाढ नदीको पानी उपयोग गरी प्रथम आयोजनाको रुपमा ८.५ मेगावाट क्षेमताको नौगड गाढ जलबिद्युत आयोजना निर्माण सम्पन्न गरी वि.स.२०७२ भाद्र २ गते देखी राष्ट्रिय ग्रिडमा बिद्युत प्रवाह गरी व्यापारिक उत्पादन गरिरहेको छ ।

सुदुर पश्चिम प्रदेशमा नीजि लगानीबाट १७ महिना भित्र निर्माण गरी संचालन भएको यो नै पहिलो जलविद्युत आयोजना हो । कम्पनीले दोश्रो आयोजनाको रुपमा सोही नदीको पानी उपयोग गरी ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना मिति २०७६ साल कार्तिक १३ गतेबाट व्यापारिक उत्पादन गरी राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गरिरहेको छ । कम्पनी द्वारा संचालनमा रहेका यी दुवै आयोजनाबाट उत्पादित विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणको अत्तरीया–वलाँच १३२ के.भी.ट्रान्समिसन लाईन मार्फत विद्युत प्रवाह भईरहेको छ ।

अपिले पावरले ४० मेगावाट क्षमताकोतेश्रो जलविद्युत आयोजना माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न गर्दै राष्ट्रिय ग्रिडमा विद्युत जोडिसकेको छ। कम्पनीले धनुषाको ढल्केरबरमा १ मेगावाट , बाराको सिमरामा १ मेगावाट र ४ मे।वा चन्द्रनिगापूरमा सोलार आयोजनाको निर्माण गरि राष्ट्रिय ग्रिडमा जोड्न सफल भैसकेको छ।

कम्पनीका संचालक समितिका प्रबन्धक निर्देशक संजिव न्यौपानेले अर्को वर्ष १० प्रतिशत भन्दा माथि लाभासं दिने सेयरधनीलाई प्रतिबद्धता जाहेर गरे।

अपि पावरका प्रबन्ध निर्देशक न्यौपानेले सेयर धनीलाई सरप्राइजको रुपमा अपि पावरले ११ मेगावाटको सूर्य कुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको ८० प्रतिशत लगानी लागेको खुलासा गरे। उनले भने,ुयस कम्पनीको ४० प्रतिशत काम सम्पन्न भईसकेको छ । अपिको ८० प्रतिशत लगानी रहने छ , बाँकी प्रोमोटर र सर्वसाधारणले समेत लगानी गर्न पाउनेछन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS