IME Life New

शिवम् सिमेन्ट्सको आठौं वार्षिक साधारण सभा सम्पन्न, १५% लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा राष्ट्रिय सभागृह, प्रर्दशनी मार्ग, काठमाडौंमा सम्पन्न गरेको हो । आठौं वार्षिक साधारण सभा कम्पनीको संचालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सम्पन्न सभाले संचालक समितिले प्रस्ताव गरेका सामान्य प्रस्ताव र विशेष प्रस्तावहरु पारित गरेको छ ।

उक्त साधारण सभाबाट आर्थिक वर्ष २०७९/०८० सम्मको संचित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको हो ।

Esewa
Crest

आर्थिक वर्ष २०७९/०८० सम्मको संचित मुनाफाबाट (शेयर प्रिमियम वापतको रकम यथावत रुपमा कम्पनीमा नै संचित राखी) अन्य संचित रकमबाट शेयरधनीलाई चुक्ता पूँजी रु ४ अर्व ४० करोडको १४.२५ प्रतिशतका दरले रु. ६२ करोड ७० लाख बराबरको वोनस शेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) रु. ३ करोड ३० लाख नगद लाभांश सहित आफ्ना शेयरवालाहरुलाई कूल जम्मा १५ प्रतिशतका दरले लाभाँस वितरण गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीले जनाएको छ ।

हाल कम्पनीको अधिकृत पुँजी ७ अर्व र जारी तथा चुक्ता पूँजी रु. ४ अर्व ४० करोड रहेकोमा १४.२५ प्रतिशतका का दरले बोनश शेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा बृद्धि भई ५ अर्व २ करोड ७० लाख कायम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS