IME Life New

उद्योगहरुमा काटिएको लाइन जडान गरिदिने विद्युत प्राधिकरणको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा काटिएको विद्युत लाइन जोडिदिने निर्णय गरेको छ।

प्राधिकरण सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उद्योगहरुमा काटिएको विद्युत लाइन जडान गरिदिने निर्णय गरेको हो। ‘लाइन काटिएका डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महसुल बक्यौता भएका ग्राहकको विद्युत लाइन जोडिदिने निर्णय प्राधिकरणले गरेको छ।

Esewa
Crest

गत मंगलबारको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधानका लागि आयोग बनाउने र त्यस आयोगको सिफारिसबमोजिम निर्णय नहुन्जेलका लागि २४ उद्योगमा काटिएको लाइन जोड्न निर्देशन दिने निर्णय गरेको थियो। मन्त्रिपरिषदको निर्णयसम्बन्धी पत्र बिहीबार ऊर्जा मन्त्रालयबाट प्राप्त भएको भन्दै शुक्रबार प्राधिकरण सञ्चालक समितिको बैठक बसेको हो।

जाँचबुझ आयोगबाट प्रतिवेदन पेस भई नेपाल सरकारबाट निर्णय नभइन्जेलसम्मका उद्योगहरुमा काटिएको लाइन आजैबाट जोडिदिने निर्णय भएको प्राधिकरणका एक सञ्चालकले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS