IME Life New

यो साता करिब ४० अंकले बढ्यो शेयर बजार, कुन समूहको कस्तो प्रदर्शन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार यो साता करिब ४० अंकले बढेको छ। पाँच दिनको कारोबारमा बजार ३ दिन बढेको छ भने २ दिन घटेको छ।

नेप्से परिसूचक यो साता ३९.७१ अंकले बढेको हो। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २०८८.९९ को विन्दुमा बन्द भएको छ। अघिल्लो साता बिहीबार नेप्से परिसूचक २०४९.२८ को विन्दुमा बन्द भएको थियो।

Esewa
Crest

यो साता बजार पुँजीकरण बढेर ३२ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो साता बजार पुँजीकरण ३१ खर्ब ८३ अर्ब रुपैयाँ थियो। यो साता बजार बढ्दा लगानीकर्ताहरुको सम्पत्ति पनि ९७ अर्ब ६५ करोड रुपैयाँले बढेको छ।

यो सातो नेप्से उपसमूहमा रहेका १३ वटा १० वटा उकालो लागेको छ भने ३ वटा ओरालो लागेको छ।

यो साता बैंकिङ, होटल तथा पर्यटन, अन्य, जलविद्युत, विकास बैंक, वित्त, व्यापार, लघुवित्त, जीवन बीमा र लगानी समूह उकालो लागेका छन्। उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र म्युचुअल फन्ड समूह घटेका छन्।

यो अन्य समूहका लगानीकर्ता मालमाल भए। अन्य समूह यो साता ५.०९ प्रतिशतले बढेको छ।

त्यसैगरी जलविद्युत र विकास बैंकका शेयरधनीहरुले पनि कमाए। जलविद्युत समूह ४.५ प्रतिशतले बढ्दा विकास बैंक समूह ४.८५ प्रतिशतले उकालो लागेको छ।

वित्त समूह ३.७९ प्रतिशत, लघुवित्त ३.७४ प्रतिशत, जीवन बीमा समूह ०.८४ प्रतिशत, होटेल तथा पर्यटन समूह १.११ प्रतिशत, बैंकिङ समूह ०.४५ प्रतिशत, लगानी समूह ०.३५ प्रतिशत र व्यापार समूह ०.१७ प्रतिशतले बढेका छन्।

यो साता म्युचुअल फन्ड समूह सर्वाधिक ०.५८ प्रतिशतले घटेको छ भने उत्पादन तथा प्रशोधन समूह ०.४६ प्रतिशत र निर्जीवन बीमा समूह ०.३२ प्रतिशतले घटेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS