काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ० दशलमव ६२ अंकले घटेर २,०८८ को विन्दुमा कायम भएको छ । आज १२१ कम्पनीको शेयर मुल्य बढेको छ भने ११७ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा ३०७ कम्पनीको २ करोड २१ लाख ३२ हजार ७६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन बैंकको प्रोमोटर शेयर किनबेच भएको छ । आज यस बैंकको २३ करोड ८५ लाख रुपैयाँ प्रोमोटर शेयर कारोबार भएको छ ।
आज पुनर्बीमा कम्पनीको प्रोमोटर शेयर १९ करोड ६० लाखको कारोबार भएको छ । सोनापुर मिनरल्सको १६ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको १२ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ६ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी ६ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ अर्थात १० प्रतिशतका दरले कमाएका छन् । आज ६ वटा कम्पनीका लगानीकर्ताले ९ दशलमव ५८ प्रतिशतदेखि ९ दशलमव ९९ प्रतिशतसम्म कमाएका छन् ।
आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंक ऋणपत्रका इकाईधनीले गुमाएका छन् । आज यस बैंकका ऋणपत्र इकाईधनीले ९ दशलमव ६० प्रतिशतका दरले गुमाएका हुन् ।