IME Life New

हिमालयन रिइन्स्योरेन्सको शेयरमा आज पनि सकारात्मक सर्किट, लगानीकर्ताले ३ दिनमा कमाए २०५.५ रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको शेयरमा कारोबारमा आएको तेस्रो दिन पनि सकारात्मक सर्किट लागेको छ।

हिमालयन रिइन्स्योरेन्सको शेयर गत सोमबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार खुलेको थियो। आज बुधबार तेस्रो दिन पनि कारोबार खुलेको करिब १ मिनेटमै यो कम्पनीको शेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको हो। कारोबारको पहिलो दिन सोमबार करिब १० प्रतिशत र दोस्रो दिन मंगलबार १० प्रतिशतको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको थियो।

Esewa
Crest

आज यो कम्पनीको शेयरभाउ ३७.४० रुपैयाँले बढेर ४११.५० रुपैयाँ पुगेको छ। आज पनि यो कम्पनीको शेयरमा खरिदचाप देखिएको छ। अहिलेसम्म २६ लाख ७३ हजार ७५८ कित्ताका खरिदका लागि अर्डर पोस्ट भएको छ। बिक्रीतर्फ भने एक कित्ता पनि पोस्ट भएको छैन।

लगानीकर्ताले हिमालयन रिइन्स्योरेन्सको आइपीओमा २०६ रुपैयाँ लगानी गरेका थिए। लगातारको सकारात्मक सर्किटसँगै यो कम्पनीको लगानीकर्ताले ३ दिनमा २०५.५० रुपैयाँ कमाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

33%
sad

दु :खी

17%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS