IME Life New

वैदेशिक रोजगारमा जाने युवालाई सस्तोमा ऋण दिने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सस्तोमा ऋण उपलब्ध गराउने व्यवस्था गर्न निर्देशन दिएका छन्।

श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रायलयसँग आज भएको छलफलमा प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन्। ‘वैदेशिक रोजगारीमा जाने युवाहरु मिटरब्याजी र दलालबाट ठगिएको छन्’, उनले भने, ‘त्यस्तै सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउनुपर्छ।’

Esewa
Crest

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पूर्वप्रस्थान अभिमुखीकरण तालिमलगायत अन्य तालिम निःशुल्क रुपमा वैदेशिक रोजगार बोर्ड वा सीप विकास तालिम प्रतिष्ठानबाट उपलब्ध गराउनुपर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो। ‘सोको विस्तृत अध्ययन गरी श्रमिकको अधिकतम हितलाई ध्यानमा राखी कार्यक्रम सञ्चालन गर्नुहोला’, उनले भने।

हाल वृद्धि भएको भनिएको शुल्क श्रमिकबाट नलिई यथावत रुपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउन पनि प्रधानमन्त्री दाहालले निर्देशन दिए। ‘आन्तरिक वा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप सेवा शुल्कलगायत थप आर्थिक भार पर्ने कुनै प्रकारको काम नगर्ने नगराउने व्यवस्था गर्नुहोला’, उनले भने।

प्रधानमन्त्री दाहालले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई अधिकतम लाभ हुने परियोजनामा लगानी गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS