IME Life New

दुई दिनमै प्रतिकित्ता १६८ रुपैयाँ कमाए हिमालयन रिका लगानीकर्ताले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कारोबारमा आएको दोस्रो दिन मंगलबार पनि हिमालयन रिइन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ।

कारोबार खुलेको केहीबेरमै हिमालयन रिइन्स्योरेन्सको शेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको हो। योसँगै कम्पनीको शेयरभाउ प्रतिकित्ता ३७४.१० रुपैयाँ पुगेको छ।

Esewa
Crest

आज पनि यो कम्पनीको शेयर बेच्ने कोही छैनन्। मार्केट डेप्थमा यो समाचार तयार पार्दासम्म ४३ लाख ५५ हजार १९३ कित्ता शेयर खरिदतर्फ पोस्ट भएको छ।

हिमालयन रिइन्स्योरेन्सको शेयर दोस्रो बजारमा हिजो सोमबारबाट कारोबारमा आएको छ। हिजो पनि कम्पनीको शेयरभाउमा सकारात्मक सर्किट लागेको थियो। यो दिन ९.९९ प्रतिशतले बढेर शेयरमूल्य ३४०.१० रुपैयाँ पुगेको थियो। यो कम्पनीको शेयर कारोबार ३०९.२० रुपैयाँमा खुलेको थियो।

हिमालयन रिइन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँमा १०६ प्रिमियम मूल्य थपेर २०६ रुपैयाँमा आइपीओ बिक्री गरेको थियो। यो हिसाबले यो दिनको अवधिमा शेयरधनीहरुले यो कम्पनीको शेयरबाट १६८.१० रुपैयाँ कमाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

10%
sad

दु :खी

10%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS