IME Life New

पीपीए पूर्ण रुपमा खुला गर्न इप्पानको माग, ऊर्जा क्षेत्रका समस्या समाधान गर्न विशेष डेस्क स्थापना गर्न सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले विद्युत खरिद सम्झौता (पीपीए) पूर्ण रुपमा खुला गर्न आग्रह गरेको छ।

हालै सम्पन्न नेपाल र भारतबीच भएको १० हजार मेगावाट विद्युत खरिदबिक्री सम्झौता र इप्पानले आगामी माघ ४ गते संस्थाको २४ औं स्थापना दिवस मनाउन गइरहेको अवसरमा आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत यस्तो माग गरेको हो। नेपाल र भारतबीच १० हजार मेगावाट विद्युत खरिदबिक्री सम्झौतासँगै अब नेपाल विद्युत प्राधिकरणले पनि रोकिराखेको पीपीए पूण रुपमा खुला गर्नुपर्ने माग इप्पानको रहेको छ।

Esewa
Crest

यसका साथै निजी क्षेत्रलाई विद्युत निर्यातका लागि अनुमतिपत्र दिनुपर्ने, बैंक तथा वित्तीय संस्थाले ऊर्जामा लगानी बढाउनुपर्ने र सरकारले ऊर्जा उत्पादनका लागि थप सहुलियतहरु घोषणा गर्नुपर्ने माग इप्पानको रहेको छ।

ऊर्जा आयोजना निर्माणका लागि हाल देखिएका नीतिगत, प्रशासनिक तथा प्रक्रियागत समस्याहरुको समाधानका लागि सरकार थप सक्रिय भई अघि बढ्नुपर्ने इप्पानको भनाइ छ। १० हजार मेगावाट विद्युत निर्यात तथा सरकारले आगामी १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको लक्ष्यसहित गर्न लागेको मार्गचित्र कार्यान्वयनका लागि अहिले देखिएका सबै समस्या समाधान गर्ने गरी अधिकार एकद्वार प्रणालीमा आधारित विशेष डेस्क स्थापना गरी चुस्तदुरुस्त रुपमा काम गर्नुपर्ने आवश्यकता पनि इप्पानले औँल्याएको छ।

सरकारका तर्फबाट यसमा सुधार नभएमा निर्यात र उत्पादनको लक्ष्य हासिल गर्न असम्भवप्रायः रहेको इप्पानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS