IME Life New

यथार्थ कुरा राख्न निजी क्षेत्रलाई अर्थमन्त्री डा.महतको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले यथेष्ट सूचना र तथ्यांकका आधारमा मात्र अभिव्यक्ति सार्वजनिक गर्न निजी उद्योग व्यवसायीलाई आग्रह गरे। उद्योग वाणिज्य संघ चितवनको ५७ औं वार्षिक साधारण सभाको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘यथार्थ कुरा ग्रासरुटमा पुग्छ । होइन भने तपाईंहरुले प्राप्त गर्न खोजिरहेको कुरा विपरित परिणाम आउँछ ।’

तथ्यांकलाई एकातिर राखेर नकारात्मक कुरा गरियो भने व्यवसायी, लगानीकर्ता र उपभोक्ताको आत्मविश्वास कमजोर हुने मन्त्री डा. महतले बताए। उपभोक्ताले माग बढाएन भने उद्योगबाट उत्पादित बस्तुको माग घट्छ । माग घट्यो भने व्यवसाय नबढ्ने भएकाले यथार्थ धरातलमा उभिएर आफ्नो कुरा सम्प्रेषण गर्न मन्त्री डा.महतले आग्रह गरे ।

Esewa
Crest

अर्थतन्त्र समस्यामा थियो, अझै तहमा पुर्याउन धेरै गर्न बाँकी रहेको उनले स्पष्ट पारे। उनले भने, ‘राज्य र निजी क्षेत्र दुवै तहबाट काम गर्न बाँकी छ । देशको अर्थतन्त्रले पुरानो स्थितिबाट प्रस्थान गरिसकेको छ । अहिले औषतमा मूल्यवृद्धि घटिरहेको छ ।’

अर्थतन्त्र विस्तारै लयमा फर्किदैछ गरेको मन्त्री डा. महतले बताए । विप्रेषणमा भर परेर अर्थतन्त्र अगाडि बढाउने कुरा गर्नुहुँदैन । तर कुनै व्यक्तिलाई विदेश नजान भनेर रोक्न नसकिने भन्दै देशमै दक्ष्य जनशक्तिको अभाव भइरहेको बताए । उनले भने, ‘विदेश जाउँ भनेर सरकारले प्रोत्साहन गर्दैन, तर जानै पाउँदैनौं भन्न सक्दैनौं ।

निर्माण व्यवसायीको अधिकांश दायित्व सरकारले पूरा गरिसकेको छ । केही बाँकी छन्, रकमान्तर गरेर सम्बन्धित मन्त्रालयलाई हामीले तिर्नुस् भनेका छौं, जति सम्भव छ, हामी गर्छौ, नभएको माघपछि काम गरिसकेको दायित्व हामी जहाँबाट ल्याएर भए पनि पूरा गर्छौ । काम गरिसकेका निर्माण व्यवसायीको गुनासो अब रहँदैन ।

साधारण खर्च गर्ने पैसा सरकारसँग छैन भन्ने कुरामा कुनै सत्यता छैन । दबाब अवश्य छ, हाम्रो साधारण खर्चमा काहिँकतै समस्या आएको छैन । सामाजिक सुरक्षाको दायित्व एकदमै धेरै छ । ६८ वर्षमाथिका जेष्ठ नागरिकलाई धनी गरिब जे भए पनि ४ हजार रुपैयाँ सरकारले दिइरहेको छ ।

विदेशी ऋणको साँवा ब्याज र सामाजिक दायित्वमा धेरै खर्च हुने भएकाले पूँजीगत खर्च हामीसँग धेरै बच्दैन यो कुरा सत्य हो, साधारण खर्च पनि थेग्न सक्दैन भन्ने कुरा असत्य भएको मन्त्री डा. महतले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS