IME Life New

सन सेक्युरिटिजको शेयर बजार सम्बन्धी सचेतना तथा तालिम कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन सेक्युरिटिजले आज पुस २० गते शेयर बजार सम्बन्धी सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गरेको छ । सन सेक्युरिटिजले सञ्चालन गरेको सचेतना तथा तालिम कार्यक्रम विहान १०ः३० बजे देखि १ बजे सम्म र दिउँसो २ बजेदेखि ४ बजे गरेर २ वटा सेसनमा आयोजना गरेको हो । तालिम कार्यक्रम सन सेक्युरिटज प्रा.लि.मा आयोजना गरिएको थियो ।

दुवै सेसनमा गरेर कुल ६० जना लगानीकर्ताहरुमाझ शेयर बजारको आधारभूत पक्ष, नेपालको शेयर बजार, कम्पनी विश्लेषण, पोर्टफोलियो व्यवस्थापन तथा प्राविधिक विश्लेषण बारेमा तालिम लिनुका साथै लगानीकर्ताहरुसँग रहेका शेयर बजार सँग सम्बन्धित विभिन्न समस्या तथा तिनको समाधानका विषयमा अन्तरक्रिया भएको थियो ।

Esewa
Crest

सो कार्यक्रममा सन सेक्युरिटिजका तर्फबाट कार्यकारी अध्यक्ष कृष्ण गिरीका साथै प्राविधिक विश्लेषक शुशिल भट्टराई तथा रबि बुढाथोकीले तालिम प्रदान गरेका थिए भने यसको संयोजन सैयम बज्राचार्यले गरेका थिए ।

तालिम कार्यक्रमको सम्बन्धमा बोल्दै सन सेक्युरिटिज प्रा.लि.का कार्यकारी अध्यक्ष कृष्ण गिरीले नियमित रुपमा प्रत्येक शुक्रबार सन सेक्युरिटिज प्रा.लि.को कार्यालयमा यस्तै किसिमका लगानीकर्तालाई उपयोगी विषयवस्तु सहितको तालिम कार्यक्रम सञ्चालन गरिने बताए ।

यसैगरी सन सेक्युरिटिज प्रा.लि.को आयोजनामा स्किम्स कलेज, बालकुमारी मा समेत शेयर बजार सम्बन्धमा आधारभुत विषयहरु सहितको १ दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्किम्स कलेजका ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तालिम कार्यक्रमको समापनमा बोल्दै सन सेक्युरिटिज प्रा.लि.ले आगामी दिनमा अन्य कलेजमा समेत यस्ता कार्यक्रमहरुलाई नियमित रुपमा आयोजना गर्दै जाने सो तालिम कार्यक्रमका संयोजक सैयम बज्राचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS