IME Life New

बुक बिल्डिङ विधिबाट आइपीओ ल्याउन रिलायन्स स्पिनिङ मिल्सले पायो अनुमति, प्राइस रेन्ज कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन रिलायन्स स्पिनिङ मिल्सले अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङ विधिबाट आइपीओ ल्याउन बिहीबार (पुस १९ गते) अनुमति दिएको हो।

Esewa
Crest

कम्पनीले सर्वाधारणका लागि निष्कासन गर्ने शेयरको ४० प्रतिशत शेयर योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गर्न अनुमति पाएको छ।
कम्पनीले अब योग्य संस्थागत लगानीकर्तालाई कुल ७ लाख ७० हजार ६४० कित्ता शेयर खरिदका लागि बोलपत्र आह्वान गर्नेछ। योग्य संस्थागत लगानीकर्ताका लागि कम्पनीले न्यूनतम प्रतिकित्ता ६०८ रुपैयाँदेखि अधिकतममा ९१२ रुपैयाँ प्राइस रेन्ज तोकेको छ। योग्य संस्थागत लगानीकर्ताहरुले यी रेन्जभित्र रहेर बोलकबोल गर्नुपर्नेछ।

योग्य संस्थागत लगानीकर्ताहरुबाट प्राप्त भएको बोलकबोलबाट कटअफ प्राइस निर्धारण हुनेछ। सोही कटअफ प्राइसमा १० प्रतिशत छुट दिएर सर्वसाधारणका लागि कम्पनीले आइपीओ बिक्री खुला गर्नेछ।

कम्पनीले दोस्रो चरणमा ६० प्रतिशत शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।

रिलायन्स स्पिनिङ मिल्सको मुख्य लगानीकर्ता पवन गोल्यान र सञ्चालक अक्षय गोल्यान रहेका छन्। २०५१ सालमा कम्पनी रजिस्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भई सञ्चालमा आएको नेपालको यो सबैभन्दा ठूलो स्पिनिङ मिल्स हो। ४ हजार ३०० भन्दा धेरै जनालाई रोजगार दिन सफल रहेको यस कम्पनीको औद्योगिक कारखाना सुनसरी जिल्लाको दुहवी र खनारमा रहेको छ।

उच्च प्रविधियुक्त स्पिनिङ प्लान्ट र मेशिनरी जडान गरि कम्पनीले अन्तर्राष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोष, एक्रिलेक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ। कम्पनीले उद्योगबाट उत्पादित वस्तुहरु विश्वबजार त्यसमा पनि खासगरी भारत र टर्कीमा ठूलो परिणाममा निर्यात गर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

21%
happy

खुसी

0%
sad

दु :खी

14%
amazed

अचम्मित

43%
excited

उत्साहित

21%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS