IME Life New

सशस्त्र प्रहरीमा नयाँ भर्ना खुल्यो, २८८ जनालाई अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सशस्त्र प्रहरी बलमा विभिन्न पदमा नयाँ भर्ना खुलेको छ।

सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र परिचर पदमा नयाँ भर्ना खुलेको हो । यी पदमा २८८ जनाका लागि दरखास्त आह्वान गरिएको छ।

Esewa
Crest

सशस्त्र प्रहरी बलले निरीक्षक पदमा ९९ जना, सहायक निरीक्षक पदमा ९८ र परिचर पदमा ९१ जनाका लागि भर्ना खुलाएको हो । परिचरमा भान्छे, कूचिकार, सूचिकार, केशकर्तक, चर्मकर्मी र मालीका लागि नयाँ भर्ना खुलाइएको छ।

यी पदहरुमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने सशस्त्र प्रहरी बलले जनाएको छ।

इच्छुक उम्मेदवार आज पुस २० गतेदेखि माघ २१ गतेसम्म दरखास्त दिन सक्नेछन्। दोब्बर दस्तुर तिरी माघ २८ गतेसम्म दरखास्त दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS