IME Life New

ब्रोकर नं. ४१ ले शेयरधनीहरुलाई ल्यायो हकप्रद शेयर, फागुन १४ गतेसम्म रकम जम्मा गर्न आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिन्च स्टक मार्केट (ब्रोकर नं. ४१)ले आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर बिक्री खुला गरिरहेको छ।

कम्पनीले जारी पुँजीमध्ये जगेडामा रहेको शेयर आफ्ना शेयरधनीहरुलाई बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले १ः०.२० अनुपातमा २० प्रतिशत हकप्रद शेयर शेयरधनीहरुका लागि बिक्री खुला गरेको छ।

Esewa
Crest

कम्पनीका शेयरधनीहरुले आउँदो फागुन १४ गतेसम्म हकप्रद शेयरबापतको रकम कम्पनीको बैंक खातामा जम्मा गर्न सक्नेछन्। बैंक खातामा रकम जम्मा गरी सोको भौचर कम्पनीको लेखा शाखा बुझाउन कम्पनीले आग्रह गरेको छ।

यो कम्पनीको बैंक खाता काठमाडौंको नयाँ बानेश्वरस्थित मुक्तिनाथ विकास बैंकको शाखामा रहेको छ। शेयरधनीहरुले कम्पनीको बैंक खाता ०४८१०२००२२११८३०००००१ मा जम्मा गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS