IME Life New

यी हुन् उच्च कारोबार गर्ने शीर्ष ५ ब्रोकर, कसको कति किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ८.७१ अंकले घटेर २०४९.२८ को विन्दुमा झरेको छ।

आज कारोबार रकम भने हिजोको तुलनामा बढेको छ। आज ५ अर्ब ५८ करोड रुपैयाँ बढीको कारोबार भएको छ।

Esewa
Crest

यो दिन ११३ कम्पनीको शेयरभाउ बढ्दा १२८ वटाको घटेको छ भने ५ वटाको स्थिर रहेको छ।

आज सर्वाजनिक कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ३ वटाको खरिद बढी र २ वटा बिक्री बढी देखिएको छ।

सर्वाधिक कारोबार गर्नेको सूचीको पहिलो स्थानमा नासा सेक्युरिटिज (ब्रोकर नं. ५८) रहेको छ। यो ब्रोकरबाट २९ करोड २२ लाख रुपैयाँबराबरको शेयर खरिद भएको छ भने ३७ करोड २ लाख रुपैयाँबराबरको शेयर बिक्री भएको छ।

दोस्रो नम्बरमा भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४) रहेको छ। भिजनबाट ३५ करोड १९ लाख रुपैयाँको शेयर खरिद र २५ करोड १० लाख रुपैयाँको शेयर बिक्री भएको छ।

उच्च कारोबारका हिसाबले आर्यतारा इन्भेस्टमेन्ट तेस्रो नम्बरमा रहेको छ। आर्यताराबाट २१ करोड ६० लाख रुपैयाँको शेयर खरिद भएको छ भने १७ करोड ५७ लाख रुपैयाँको शेयर बिक्री भएको छ।

यो दिन इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५)बाट १९ करोड २६ लाख रुपैयाँको शेयर खरिद र १९ करोड ६८ लाख रुपैयाँको शेयर बिक्री भएको छ। इम्पेरियल उच्च कारोबार गर्ने ब्रोकरको सूचीमा चौथो स्थानमा रहेको छ।

पाँचौँ स्थानमा डायनामिक मनी मेनेजर्स (ब्रोकर नं. ४४) रहेको छ। यो ब्रोकरबाट १८ करोड १७ लाख रुपैयाँको शेयर खरिद र १७ करोड ६६ लाख रुपैयाँको शेयर बिक्री भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS