IME Life New

‘इन्ट्राडे हाई’मा बन्द भएको बजारले के संकेत गर्यो ? (प्राविधिक विश्लेषणसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक बुधबार दोहोरो अंकले वृद्धि भएको छ। नेप्से परिसूचक २७.९० अंकले वृद्धि हुँदै परिसूचक २०५८ विन्दुमा बन्द भएको छ। दोहोरो अंकले वृद्धि भएको बजारमा ४ अर्ब ४ करोड रुपैयाँको कारोबार भएको छ।

बजार कति बेलादेखि बढ्यो ?

Esewa
Crest

बजार २ बजेर १५ मिनेटसम्म स्थीरजस्तै थियो। त्यसपछि भने बजार आक्रामक हिसाबले वृद्धि हुँदै २०५८ विन्दुमा बन्द भएको छ। अन्तिम ४५ मिनेटमा बजार २०३० को विन्दुबाट २०५८ विन्दुसम्म पुगेर बन्द भएको हो।

अन्तिम समयमा कारोबार वृद्धि

आज बजारको अन्तिम प्रहरमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्न थालेको देखिएको थियो। २ः१५ बजेदेखि कारोबार रकम निरन्तर वृद्धि भएको थियो भने अन्तिम ५ मिनेटको कारोबार दिनभरिको औसत ५ मिनेटको कारोबारभन्दा धेरै हो।

इन्ट्राडे हाईमा बजार बन्द

आज बजारको उच्च विन्दु २०५८ रहेकोमा आज बजार त्यही विन्दुमा बन्द भएको छ। इन्ट्राडे हाईमा बजार बन्द हुनुलाई सकारात्मक मानिन्छ।

फ्लोरसिट मिश्रित

आजको बजारको फ्लोरसिट हेर्दा ब्रोकर नम्बर ५८ ले सर्वाधिक रकमको कारोबार गरेको छ। ब्रोकर नम्बर ५८ बाट २९ करोड १० लाखको हुँदा ३६ करोड ८८ लाख रुपैयाँको बिक्री भएको छ। त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४२ रहेको छ। ब्रोकर नम्बर ४२ बाट १८ करोड ७८ लाख रुपैयाँको खरिद हुँदा १७ करोड १० लाख रुपैयाँको बिक्री भएको छ। आज शीर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरबाट खरिद धेरै भएको छ भने २ बाट बिक्री धेरै भएको छ।

सामान्य सपोर्टबाट फर्कियो बजार

बजार केही समयअघि सेप्टेम्बरको अन्तिम साता बजार २०३० को विन्दुलाई तोडेर माथि जान सकेको थिएन। केही दिन त्यही क्षेत्रमा बसेर बजार फर्किएको थियो। आज बजार त्यही क्षेत्रबाट माथि बढेको हो।

नोटः प्राविधिक विश्लेषणको सामान्य सूत्र प्रयोग गरेर गरिएको विश्लेषण हो। लगानीकर्ताले यो विश्लेषणका आधारमा लगानी गर्न मिल्ने छैन । लगानी गर्नुपूर्व स्वअध्ययन गर्नुहोला।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS