IME Life New

नेपाल मेडिकल कलेजद्धारा स्वास्थ्य सेवा बारे स्थानीय जनप्रतिनिधिसँग छलफल सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय बनाउने सवालमा स्थानीय निकायका जनप्रतिनिधिसँग छलफल विमर्श गरेको छ । कलेजका नवनियुक्त प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले मंगलबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुख लगायतसँग छलफल विमर्श गरेका हुन् ।

केही दिन अगाडीमात्रै कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णयबाट प्रबन्ध निर्देशक भएका प्रा.डा. अन्सारीले कलेजले स्थानीय तहका नागरिकहरुलाई प्रदान गर्दै आइरहेको स्वास्थ्य सेवालाई कसरी सुधार गर्ने, कस्ता सेवाहरु थप गर्ने, जनताका अपेक्षा कस्ता छन् भन्ने सवालमा छलफल गरेका हुन् ।

Esewa
Crest

छलफलमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसालले नेपाल मेडिकल कलेज गोकर्णेश्वर नगरपालिकाको गौरबको रुपमा रहेको बताउँदै कलेजले प्रदान गर्ने स्वास्थ्य सेवाहरुलाई समयानुकूल सुधार गर्न सल्लाह दिए ।

नगरपालिका नागरिकको स्वास्थ्य प्रति जिम्मेवार रहेकोले कलेजसँग सहकार्य गरेर अगाडी बढ्ने बताउँदै उनले विशिष्टीकृत स्वास्थ्य सेवाहरु थप गर्ने, नगरबासीको लागि नयाँ योजनाहरु ल्याउन आग्रह गरे । साथै उनले नगरपालिका मेडिकल कलेजलाई शान्तिपूर्ण, भयरहित वातावरणमा सञ्चालन गर्नका लागि जस्तोसुकै सहयोग र सहकार्य गर्न प्रतिबद्ध रहेको जनाए ।

भेटमा बोल्दै उपप्रमुख सान्नानी लामाले कलेजले स्वास्थ्य सेवालाई अहिलेको भन्दा प्रभावकारी बनाउँदै नयाँ नयाँ स्वास्थ्य उपकरण र सेवाहरु थप गर्न अनुरोध गरिन् । कलेज शान्तिपूर्ण र भयरहित वातावरणमा चलाउन कलेजलाई आवश्यक सल्लाह दिँदै नगरपालिकाले सदैब सहकार्य गर्ने बताउँदै उपप्रमुख लामाले नेपाल मेडिकल कलेज नगरको गौरबकै रुपमा रहेको चर्चा गरिन् ।

कलेजका संस्थापक प्रिन्सिपल डा। शेखरबाबु रिजालले प्रबन्ध निर्देशक प्रा।डा। अन्सारीलाई कलेजको स्वास्थ्य सेवा, शैक्षिक गुणस्तरमा सुधार गर्न योजनाबद्ध रुपमा अगाडी बढ्न सुझाए । नेशनल मेडिकल कलेजको सफलतापूर्वक सञ्चालन गरेको अनुभवसहित आएका प्रा।डा। अन्सारीको कुशल नेतृत्वमा कलेज अगाडी बढ्नेमा आशावादी रहेको बताए । वडा नं ८ का अध्यक्ष नन्दलाल श्रेष्ठले जनतालाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा कसरी प्रदान गर्न सकिन्छ भन्नेमा प्रशासनले बनाएको योजनामा आफुहरुको सहयोग र सहकार्य रहने प्रतिबद्धता जनाए ।

सो क्रममा बोल्दै नवनियुक्त प्रबन्ध निर्देशक प्रा.डा. अन्सारीले नेपाल मेडिकल कलेजलाई सुधार गर्नकालागि आफु आएको बताउँदै कलेजलाई अझ उचाईमा पुर्याउन स्थानीय निकाय, जनप्रतिनिधि र सरोकारवालाहरुको भूमिका ज्यादै महत्वपूर्ण रहेकाले सहमति तथा सहकार्यको भावनाबाट अगाडी बढ्ने बताए । कुनैपनि कुरा एक जनाको सोच र विचारले पूर्ण नहुने भन्दै प्रा.डा.अन्सारीले नेपाल मेडिकल कलेज गोकर्णेश्वर नगरबासीको समेत भएकाले नगरबासीको सल्लाह सुझाबलाई अनुशरण गर्दै अगाडी बढ्ने बताए ।

छलफलमा कलेजका डाइरेक्टर डा. साविहा यासमिन, बोर्ड अफ डाइरेक्टर शाहनवाज अन्सारी, अस्पताल निर्देशक डा. राजेशकिशोर श्रेष्ठसमेत उपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS