IME Life New

बुक बिल्डिङबाट आइपीओ ल्याएको सर्वोत्तम सिमेन्टको नाफामा ५५.६१%को संकुचन, ३१.७३%ले घट्यो आम्दानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुक बिल्डिङ विधिबाट आइपीओ ल्याएको सर्वोत्तम सिमेन्टले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

चौथो त्रैमाससम्म कम्पनीले २० करोड ७५ लाख रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०७८/७९ को यही अवधिसम्म कम्पनीले ४६ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको नाफामा ५५.६१ प्रतिशतको संकुचन आएको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म कम्पनीले सिमेन्ट बिक्रीबाट ५ अर्ब ३८ करोड रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३१.७३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ७ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गरेको थियो।

कम्पनीको अन्य आम्दानी १ करोड ८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ८ करोड ६५ हजार रुपैयाँ थियो।

चुक्तापुँजी ४ अर्ब ५ करोड रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटीमा ३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा २ अर्ब ९० करोड रुपैयाँ थियो।

यो कम्पनीले धितोपत्र बोर्डबाट बुक बिल्डिङ विधिबाट ६० लाख कित्ता आइपीओ बिक्रीको अनुमति पाएको छ। जसअनुसार कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता बिक्री गरिसकेको छ। जसमा योग्य संस्थागत लगानीकर्ताबाट प्रस्ताव खोल्दा प्रतिकित्ता कटअफ प्राइस ४०१ रुपैयाँ कायम भएको थियो।

अब यो कम्पनीले सर्वसाधारणलाई बाँकी ३६ लाख कित्ता बिक्री गर्दा प्रतिकित्ता ३६०.९० रुपैयाँमा बिक्री गर्नेछ। किनकि कटअफ प्राइसमा १० प्रतिशत डिस्काउन्ट गरेर सर्वसाधारणलाई बिक्री गर्न पाइने नियम बुक बिल्डिङमा रहेको छ।

कम्पनीले दोस्रो चरणमा यही पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ बिक्री खुला गर्दैछ। यो आइपीओमा सर्वसाधारणले न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS