IME Life New

तीन कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ। नेप्सेमा लुम्बिनी विकास बैंक, गरिमा विकास बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

Esewa
Crest

नेप्सेले यस दिन लुम्बिनी विकास बैंकको ४ प्रतिशत बोनश शेयर समायोजन गरेको हो भने गरिमा विकास बैंकको ९.५० प्रतिशत र छिमेकको ५ प्रतिशत बोनश समायोजन गरेको हो। समायोजन पश्चात लुम्बिनीको शेयरमूल्य ३८६ रुपैयाँ ५४ पैसा, गरिमाको ३७४ रुपैयाँ ४३ पैसा र छिमेकको ८६५ रुपैयाँ ७१ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार दोस्रो बजारमा लुम्बिनीको शेयर प्रतिकित्ता ४०२ रुपैयाँ, गरिमाको ४१० रुपैयाँ र छिमेकको ९०९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS