IME Life New

बलेफी हाइड्रोपावरको वार्षिक साधारणसभा आह्वान, १००% हकप्रद ल्याउने मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हकप्रद शेयर निष्कासनको मुख्य अजेन्डासहित बलेफी हाइड्रोपावरले १२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको निर्णयअनुसार वार्षिक साधारणसभा माघ १० गते हुनेछ। सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले कम्पनीको हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। हकप्रद जारीपछि प्राप्त पुँजीको उपयोग गर्नेसम्बन्धी विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

हकप्रद शेयर जारी गर्न नियमनकारी निकायहरुसँग स्वीकृति लिने र थपघट गर्नुपर्ने भएमा सोसम्बन्धी सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले सञ्चालक समितिको पुनर्गठन गर्ने प्रस्ताव पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। उक्त आर्थिक वर्षका लागि भने कम्पनीले कुनै पनि प्रकारको लाभांश प्रस्ताव गरेको छैन।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS