IME Life New

कहिलेसम्म कायम शेयरधनीले सिंगटी हाइड्रोको १००% हकप्रद शेयर भर्न पाउँछन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सिंगटी हाइड्रो इनर्जीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्कासनका लागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १९ गते (पुस २० गते शुक्रबार र पुस २१ गते शनिबार)सम्म कायम शेयरधनीहरुले यो कम्पनीको हकप्रद भर्न पाउनेछन्।

Esewa
Crest

सिंगटी हाइड्रोले गत पुस ११ गते नेपाल धितोपत्र बोर्डबाट १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद शेयर बिक्री गर्नका लागि अनुमति पाएको हो। कम्पनीले १०० अंकित दरका कुल १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४५ रुपैयाँ करोड छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS