Connect IPS
IME Life

बेतन कर्णाली हाइड्रोपावरको प्रबन्ध निर्देशकमा आचार्य नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बेतन कर्णाली सञ्‍चयकर्ता हाइड्रोपावर लिमिटेडको प्रबन्ध निर्देशकमा कृष्णप्रसाद आचार्य नियुक्त भएका छन् । पुस ४ गते बसेको कम्पनीको साधारणसभाले आचार्यलाई प्रबन्ध निर्देशक बनाउने निर्णय गरेको थियो ।

उनले शुक्रबार नै पदभार ग्रहण गरि कार्यभार सम्हालेका छन् । करिब एक वर्षदेखि रिक्त रहेको प्रबन्ध निर्देशक पदमा आचार्यलाई आगामी ४ बर्षका लागि नियुक्त गरिएको हो । आचार्यले सञ्‍चयकोषको प्रशासकको जिम्मेवारीमा रहदा यो कम्पनी स्थापनाको प्रक्रिया सुरु गरेका थिए ।

Prabhu
Crest

बेतन कर्णाली सन्चयकर्ता हाइड्रोपावर कम्पनीले ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजना निर्माण अघि बढाईरहेको छ । यो आयोजनाको अध्ययनको काम सकिएर अहिले पूर्व तयारीको काम भइरहेको छ ।

आयोजनामा कर्मचारी सन्चय कोष, नेपाल बिद्युत प्राधिकरण र एचाआइडिसिएलको लगानी रहेको छ । आफैंले स्थापनाको नेतृत्व गरेको कम्पनीको ब्यवस्थापन सम्हालेर अब उनले ४३९ मेगावाटको आयोजना बनाउने जिम्मेवारी पाएका छन् ।

प्रबन्ध निर्देशक नियुक्त भएका आचार्य चाटर्ड एकाउन्टेन्ट हुन भने आइक्यानका पुर्व अध्यक्षको जिम्मेवारी समेत पूरा गरिसकेका छन् । कर्मचारी सन्चय कोषको प्रशासकको जिम्मेवारी समेत पूरा गरिसकेका छन् । उनले त्यस अघि एनआईडिसीको समेत नेतृत्व गरिसकेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS