Connect IPS
IME Life

बालकुमारी तनावः गम्भीर घाइते अर्का युवकको पनि मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि शुक्रबार प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले गोली चलाउँदा गम्भीर घाइते भएका अर्का युवकको पनि मृत्यु भएको छ।

बालकुमारी भएको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले गोली चलाएको थियो। त्यस क्रममा प्रहरी चलाएको गोली लागेर गम्भीर घाइते भएका अर्का युवक वीरेन्द्र शाहको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यसअघि गोली लागेर गम्भीर घाइते भएका युवक सुजन राउतको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

Prabhu
Crest

प्रदर्शनमा उत्रिएका युवाले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको चढेको गाडी रोकेर आगजनी गरेका थिए। उनीहरुले मन्त्री ज्वालालाई गाडीबाट बाहिर निकालेर गाडीमा आगो लगाएका थिए।

त्यसपछि युवाहरुको प्रदर्शनले उग्र रुप लिएको थियो। प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो। तर, स्थिति नियन्त्रण हुन नसक्दा प्रहरीले गोली चलाएको थियो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS