IME Life New

ईपीएस परीक्षा दिन नपाएपछि प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले चलायो गोली, एक युवकको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि शुक्रबार प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले गोली चलाउँदा एक युवकको मृत्यु भएको छ।

बालकुमारी भएको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले गोली चलाएको हो। गोली लागेर गम्भीर घाइते भएका २३ वर्षीय सुजन राउतको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

Esewa
Crest

प्रहरीको गोली लागेर अर्का एक युवक गम्भीर घाइते भउका छन्। उनको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रदर्शनमा उत्रिएका युवाले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको चढेको गाडी रोकेर आगजनी गरेका थिए। उनीहरुले मन्त्री ज्वालालाई गाडीबाट बाहिर निकालेर गाडीमा आगो लगाएका थिए।

त्यसपछि युवाहरुको प्रदर्शनले उग्र रुप लिएको थियो। प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो। तर, स्थिति नियन्त्रण हुन नसक्दा प्रहरीले गोली चलाएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS