Connect IPS
IME Life

पोखरा विमान दुर्घटनामा मानवीय कमजोरी प्रमुख कारण भएको छानबिन समितिको ठहर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एक वर्ष अघि पोखरामा भएको यती एयरलाइन्सको हवाई जहाज दुर्घटनाबारे छानबिन समितिले विमान चालक(पाइलट) ले गल्तीले इन्जिनको उर्जा प्रवाह रोक्दा दुर्घटना भएको ठहर गरेको छ।

पोखरामा २०७९ माघ १ गते सेती नदीको खो‌ंचमा यति एयरको उडान स‌ंख्या ६९१ रहेको एटिआर ७२ विमान दुर्घटना हुँदा विमानमा सवार चालक दलका सदस्य र यात्री सहित ७२ जनाको ज्यान गएको थियो । नेपालको घरेलु हवाई इतिहासमा ३० वर्षमा पहिलो पटक यति धेरै जनाको ज्यान जाने गरी विमान दुर्घटनामा परेको हो ।

Prabhu
Crest

सरकारी छानबिन समितिका सदस्य दीपकप्रसाद बाँस्तोलाले सावधानीको कमी र निर्दिष्ट सञ्चालन प्रकृयाको अभावका कारण पाइलटहरूले फ्ल्याप छनोट गर्नुको सट्टा पावर नियन्त्रण गर्ने कन्डिशन लिभरलाई फिदरिङ पोजिसनमा राखेकाले दुर्घटना हुन पुगेको बताएका छन्। यसले इन्जिनलाई “निष्क्रिय र अगाडी धकेल्ने दबाब उत्पादन नगर्ने अवस्था बनायो,” बास्तोलाले रोयटर्सलाई भनेका छन्, “तर यसको चाल ( गति)का कारण, विमानले जमिन ठोक्किनु अघि ४९ सेकेन्ड सम्म उड्यो।”

”Dipak Prasad Bastola, a member of the investigating panel, said due to lack of awareness and lack of standard operating procedures, the pilots had put the condition levers, which control power, in the feathering position, instead of selecting the flap lever. This led the engine to “run idle and not produce thrust”, Bastola told. “But due to its momentum, the aircraft flew for up to 49 seconds before hitting the ground.” (Source: Reuters)

काठमाडौ‌ंबाट दुई इन्जिन भएको विमानमा दुई शिशु, चार चालक दल र १५ विदेशी नागरिकसहित ७२ जना लिएर यती एयरलाइन्सको जहाज पर्यटकीय नगर पोखराका लागि उडान भरेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गर्ने तयारीका क्रममा एक्कासी विमान अनियन्त्रित भई सेती नदीको खो‌ंचमा दुर्घटना हुँदा विमानमा आगलागी भएर सबै यात्रीको निधन भएको थियो ।

सरकारले विमान दुर्घटनाबारे छानबिनका लागि पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । छानबिन समितिमा नगेन्द्र प्रसाद घिमिरे स‌ंयोजक र नेपाली सेनाका अवकाश प्राप्त क्याप्टेन दिपक प्रसाद बास्तोला, अवकाश प्राप्त क्याप्टेन सुनिल थापा, एरोनटिकल इन्जिनियर एकराज ज‌ंग थापा, संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सह सहिचव बुद्धि सागर लामिछाने सदस्य रहेका थिए।

एटीआर फ्रान्समा आधारित जहाज उत्पादक कम्पनी हो । विमानको इन्जिन क्यानाडामा प्राट एन्ड ह्विटनी क्यानाडा (RTX.N) द्वारा निर्माण गरिएको थियो।

पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको एयरबस ए ३०० काठमाडौं आउँदै गर्दा पहाडमा ठोक्किएर विमानमा सवार सबै १६७ जनाको मृत्यु भएपछि सन् १९९२ पछिको पोखरामा भएको दुर्घटना सबैभन्दा ठूलो हवाई दुर्घटना थियो। नेपालमा सन् २००० देखि विमान वा हेलिकप्टर दुर्घटनामा परी करिब ३५० जनाको ज्यान गएको छ । हवाई सुरक्षाको जोखिमको कारण देखाउँदै यूरोपेली संघले सन् २०१३ देखि नेपाली एयरलाइन्सलाई आफ्नो हवाई क्षेत्रमा प्रतिबन्ध लगाएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS