IME Life New

जीवन बीमालेखको समर्पण मूल्य भुक्तानी सम्बन्धमा सार्वजनिक लेखा समितिको हचुवा निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकले जीवन बीमालेखको समर्पण मूल्य भुक्तानीमा २५ प्रतिशतभन्दा बढी रकम कट्टा नगर्न नेपाल बीमा प्राधिकरणलाई निर्देशन जारी गरेको छ। सार्वजनिक लेखा समिति सदस्यहरूले जीवन बीमालेखको समर्पण मूल्य गणनाको पछाडी प्रयोग हुने गणितीय विधिलाई बिल्कुलै बेवास्ता गर्दै यस्तो निर्देशन जारी गरेका हुन् ।

लेखा समितिको बैठकले बिहीबार जारी गरेको ११ बुँदे निर्देशनमा नियमित हुन नसकी पहिलो तीन वर्षभित्रै सरेण्डर(समर्पण) भएका बीमितहरूको हितलाई मध्यनजर गर्दै न्यून सञ्चालन शुल्क(२५ प्रतिशतमा नबढ्ने गरी) लिई बाँकी रकम सम्बन्धित बीमितलाई समर्पण मूल्यको रुपमा तीन महिनाभित्र सम्बन्धित बीमितको खातामा जम्मा गरी समितिलाई जानकारी गराउन समितिको बैठकले नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिएको छ।

Esewa
Crest

बैठकपछि जारी गरिएको ११ बुँदे निर्देशन समेटिएको पत्रमा बीमा साक्षरता न्यून रहेको सन्दर्भमा जीवन बीमा गर्ने सर्वसाधारणहरुले बीमाको प्रिमियम नियमितरूपमा तिर्न नसकी बीमा छोडेको अवस्थामा समर्पण मूल्य पनि प्राप्त गर्न नसकिरहेको र यस्तो स‌ंख्या अत्यधिक रहेको देखिन्छ। सरेण्डर बीमावापतको रकमबाट राज्यले पनि लाभ प्राप्त गर्न नगरिरहेको र बीमितको हकहित पनि संरक्षण हुन नसकेकोले  नियमित हुन नसकी पहिलो तीन वर्षमै वर्षभित्रै सरेण्डर भएका बीमितहरूको हितलाई मध्यनजर गर्दै न्यून सञ्चालन शुल्क(२५ प्रतिशतमा नबढ्ने गरी) लिई बाँकी रकम सम्बन्धित बीमितलाई समर्पण मूल्यको रुपमा तीन महिनाभित्र सम्बन्धित बीमितको खातामा जम्मा गरी समितिलाई जानकारी गराउन समितिको बैठकले नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिएको छ।

जीवन बीमालेखको बीमाङ्क, बीमाशुल्क र बोनश दर निर्धारण प्राविधिक र जटिल विषय हो । यस्तो विषयमा सार्वजनिक लेखा समितिले प्राविधिक विशेषज्ञता बिना नै हचुवाको भरमा निर्देशन जारी गरेको जीवन बीमकको प्रतिकृया छ।

सरेण्डर भ्यालु भनेको मुद्दती निक्षेप तोड्ने ग्राहकलाई ब्याज खर्च र सञ्चालन खर्च कटाएर बाँकी रकम फिर्ता गरे जस्तो होइन, एकजना जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतले भने, विज्ञता नभएको विषयमा हामीसँगै राय लिएको भए वा बीमाङ्कीसँग बुझ्ने प्रयास गरेको भए मात्रै पनि यस्तो हास्यास्पद निर्णय गर्नुपर्ने अवस्था आउँदैन थियो ।

जीवन बीमालेखमा बीमालेखको प्रकृती, बीमा अवधि र बीमितले भुक्तानी गरेको बीमा किस्ता रकमको आधारमा मात्र समर्पण मूल्य गणना गरि‌दैन । यी तीनवटै तत्वहरु बीमालेख समर्पण मूल्यका लागि महत्वपूर्ण पक्ष भएपनि बीमाङ्की(एक्चुअरी) ले सिफारिश गरेको गणितीय शुत्रका आधारमा नेपाल बीमा प्राधिकरणले समर्पण मूल्य गणना विधि निर्धारण गरेको हुन्छ।(हेर्नुहोस् समर्पण मूल्य गणना विधि)

जीवन-बीमालेख-सम्बन्धी-निर्देशिका-२०७९

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS