IME Life New

हिमालयन रिको आइपीओ बाँडफाँड, ३० कित्तासम्म माग गर्ने सबैले पाउँदा २९ हजार २१ जनाले पाए ४० कित्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बुधबार शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आइपीओमा १५ लाख ७३ हजार २ सय १९ जनाको आवेदन परेको थियो। जसमध्ये १५ लाख ६४ हजार ५ सय ६४ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । १० कित्ता देखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसार कै शेयर पाएका छन् । ३० कित्ता भन्दा माथिको लागि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर गोलाप्रथा शेयर बाँडफाँड गरिएको छ ।

Esewa
Crest

यस हिसाबमा २९ हजार २१ जनाले थप १० कित्ता शेयर पाएका छन्। अर्थात् २९ हजार २१ जनाले ४० कित्ता शेयर पाएका छन्। कम्पनीले मंसिर २७ गतेबाट प्रिमियम मूल्यमा आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको छ।

कम्पनीले ३ करोड कित्ता आइपीओ निष्काशनको अनुमति पाएको थियो। त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने ३० लाख कित्ता आइपीओ बिक्री गरिसकेको छ।

कम्पनीले कुल कित्ताको २ प्रतिशतले हुन आउने ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको थियो। बाँकी रहेको २ करोड ४९ लाख कित्तामा सर्वसाधारणलाई बिक्री गरेको थियो।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी २०६ रुपैयाँमा आइपीओ बिक्री खुला गरेको थियो।

कम्पनीले आइपीओ निष्कासनका लागि गराएको रेटिङअनुसार इक्रा नेपालबाट केयरएनपी आईआर ए माइनस रेटिङ पाएको छ। यस रेटिङले कम्पनीमा गरिएको लगानीमा कम जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS