IME Life New

नेपालको नम्बर वान ब्युटी सैलुन ‘फेसियल हाउस’ १६औँ वर्षमा प्रवेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुशन’ नाराका साथ आजभन्दा १५ वर्षअघि सञ्चालनमा आएको फेसियल हाउस आजदेखि १६औँ वर्षमा प्रवेश गरेको छ । फेसियल हाउसले काठमाडौंमा विशेष समारोह आयोजना गरी आफ्नो १६औँ वार्षिकोत्सव भव्यरूपमा मनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराको अध्यक्षतामा कमलपोखरीस्थित सिटी सेन्टरमा आयोजित भव्य समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही, नेकपा एमालेकी नेत्रृ एवम् प्रतिनिधि सभाकी पूर्व सदस्य नवीना लामा र नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ , मलिा चेम्बरका सभापति उर्मिला श्रेष्ठ उपस्थिति थियो ।

Esewa
Crest

यसैगरी, ओमन कम्युनिटी यूएनई यूएलआईकी अध्यक्ष भगवती खड्का, राजनीतिक विश्लेषक प्रकाश रायमाझी, नेपाल ब्युटी एसोसिएशनकी महासचिव शशी शाह, फेसियल हाउसका संरक्षक एवम् वरिष्ठ पत्रकार उज्ज्वलजंग शाह र नेपाल पार्टी प्यालेस संघका अध्यक्ष लिला जीसीलगायत अतिथिहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र सौन्दर्यकर्मीहरूको भव्य उपस्थिति थियो ।

समारोहमा फेसियल हाउसका संरक्षक उज्ज्वल जंग शाहले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथि पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली र अन्य अतिथिहरूका साथमा प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराले केक काटी कार्यक्रमको भव्य उद्घाटन गरेका थिए ।

वार्षिकोत्सव समारोहमा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराको जीवनीमा आधारित रहेर तयार पारिएको करिब १३ मिनेट लामो दृश्य चित्र (डकुमेन्ट्री) प्रस्तुत गरिएको थियो । डकुमेन्ट्रीमार्फत सौन्दर्य क्षेत्रमा प्रवेश गर्ने नयाँ व्यक्तिहरूलाई केही नयाँ टिप्स र सकारात्मक सन्देश दिने प्रयास गरिएको प्रबन्ध निर्देशक सुष्मा महराले दिइन् ।

समारोहमा प्रमुख अतिथि पर्यटनमन्त्री सुशीला सिर्पाली तथा अतिथिद्वय सांसद ज्ञानेन्द्र शाही र पूर्वसांसद नवीना लामाले सङ्क्षिप्त मन्तव्य व्यक्त गर्नुभयो भने बाँकी समय विभिन्न किसिमका नृत्य र गायनहरूको प्रस्तुति रहेको थियो ।

मनोरञ्जन प्रदान गर्न गायनतर्फ लोकगायक बद्री पङ्गेनी, खुमन अधिकारी र सृजना कुँवर तथा नृत्यतर्फ टीम इन्टरटेन्टमेन्ट समूहको उपस्थिति थियो । उनीहरुले विभिन्न गीतसङ्गीत र नृत्यमार्फत साँझको माहोललाई तताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS