IME Life New

शेयर बजारमा संयमित तथा विवेकशील भएरमात्र लगानी निर्णय गर्न धितोपत्र बोर्डको सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शेयर बजारमा संयमित तथा विवेकशील भएरमात्र लगानी निर्णय लिनु सुझाव दिएको छ।

सेबोनले आज एक जनचेतनामूलक सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो। धितोपत्रको मूल्यमा समय–समयमा उतारचढाव आउन सक्ने भएकोले धितोपत्रमा लगानी गर्दा मूल्य उतारचढावसम्बन्धी उपयुक्त सूचना लिई संयमित तथा विवेकशील भएरमात्र लगानीको निर्णय लिन लगानीकर्ताहरुलाई सेबोनले आग्रह गरेको हो।

Esewa
Crest

धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै हुने हुँदा हल्ला, अनावश्यक प्रचारप्रसार वा कसैको बहकाउमा नलागी बजार तथा कम्पनीको वास्तविक वस्तु स्थिति बुझेर आफ्नो स्वविवेकमा नै लगानीसम्बन्धी निर्णय गर्नुपर्ने सेबोनको सुझाव छ। यसका साथै आफ्नो जोखिम बहन गर्न सक्ने क्षमताको मूल्यांकनसमेत गर्न सेबोनले आग्रह गरेको छ।

यस्ता छन् सेबोनका अन्य सुझाव

धितापत्रको प्राथमिक बजारमा निष्कासन गरिने धितोपत्रमा लगानी गर्नअघि धितोपत्र निष्कासनकर्ता कम्पनीको आह्वानपत्र तथा विवरणपत्रमार्फत प्रवाहित जानकारी मुख्यतया कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति (नेटवर्थ, नाफा नोक्सान स्थिति, आदि), लगानी योजना, जोखिम पक्ष, क्रेडिट रेटिङको स्तर जस्ता कुराको विश्लेषण गर्नुहोस्।

नेपाल धितोपत्र बोर्डमा दर्ता भएको तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत धितोपत्रमा मात्र लगानी गर्नुहोस् ।

धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा सम्बन्धित कम्पनीको कार्य सम्पादन स्थिति, धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना जस्तै लाभांश घोषणा, हकप्रद शेयरको घोषणा, व्यवस्थापनमा परिवर्तन, भावी योजनाहरु, कम्पनीको। आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांकहरु (ईपीएस, प्रतिशेयरमा प्रतिफल, पीई रेसिया, नेटवर्थ), पूँजी कोष अनुपात, निष्क्रिय कर्जा अनुषात आदि) धितोपत्रको मूल्य प्रवृत्ति, कम्पनीको साधारणसभाको निर्णयजस्ता महत्वपूर्ण कुराहरुको अध्ययन गर्नुहोस् ।

दोस्रो बजारमा कारोबार गर्दा कारोबार भएको दिनको दुई दिनभित्रमा कारोबारको राफसाफ (टी प्लस टु) हुनुपर्ने कुराको जानकारी लिनुहोस् ।
आफूसँग भएको धितोपत्रलाई कारोबार योग्य बनाउन बोर्डबाट अनुमतिप्राप्त निक्षेप सदस्यमार्फत अभौतिकीकरण गर्नुहोस् ।

प्राथमिक बजारमा लगानी गर्न निक्षेप सदस्यकोमा हितग्राही खाता खोली आफ्नो बैंक खाता रहेको बैंकबाट आस्वा वा सी–आस्वा रजिस्ट्रेसन नम्बर लिई अनलाइनबाट सहज रुपमा लगानी गर्नुहोस् । धितोपत्र बजारमा लगानी गर्न हितग्राही खाता अनिवार्य गरिएको हुँदा, सीडीएस एन्ड क्लियरिङ कम्पनी लिमिटेड (सीडीएससी) तथा निक्षेप सदस्यसँग सम्पर्क राखी बैंक खातासहितको ग्राहक परिचय विवरण अनिवार्य रुपमा भरी हितग्राही खाता खोलेर धितोपत्र खरिद बिक्री कारोवार गर्नुहोस्। आफूले खरिद गरेको धितोपत्र समयमै आफ्नो खातामा जम्मा भए नभएको ध्यान दिनुहोस् ।

धितोपत्र बजारमा देशको समग्र आर्थिक तथा राजनीतिक स्थितिले प्रत्यक्ष प्रभाव पार्ने भएकाले धितोपत्रमा लगानी गर्दा यसप्रति समेत सजग रहनुहोस् ।

धितोपत्रको दोस्रो बजारबाट कारोबार गर्दा सीधै नेप्सेको विद्युतीय कारोबार प्रणाली वा बोर्डबाट अनुमति प्राप्त धितोपत्र दलाल तथा तिनको शाखा कार्यालयबाट मात्र गर्नुहोस् ।

धितोपत्र कारोबारमा रकमको लेनदेन गर्दा बैंक तथा वित्तीय संस्थामार्फत मात्र गर्नुहोस् ।

लगानी विविधीकरणबाट लगानीमा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न सघाउ पुग्ने हुँदा लगानी विविधीकरणमा ध्यान दिनुहोस् ।

दीर्घकालीन रुपमा गरिने लगानीले जोखिमको सम्भावनालाई न्यून गराउने हुँदा लगानी गर्दा यस तथ्यलाई समेत मनन गर्नुहोस् ।

पुँजीबजारसम्बन्धी नीति, नियम तथा निर्देशनहरुले धितोपत्रको मूल्यमा असर पार्ने भएकाले सुसूचित निर्णयका लागि बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा बीमा समितिको वेबसाइट हेर्ने गर्नुहोस् ।

लगानीकर्ताहरुलाई पुँजीबजारसम्बन्धी साक्षर बनाउने उद्देश्यले बोर्डले समय–समयमा आफ्नो कार्यालयमा तथा विभिन्न जिल्लाहरुमा लगानीकर्ता सचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएकोमा त्यस्तो कार्यक्रमा सहभागी हुनुहोस् ।

बोर्डबाट रेडियो नेपालमार्फत प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान ७ः४० देखि ७ः५५ बजेसम्म सञ्चालन गरिने धितोपत्र तथा वस्तु विनिमय रेडियो कार्यक्रम सुनेर बजारसम्बन्धी जानकारी लिनुहोस् ।

लगानीकर्ताको अधिकार तथा जिम्मेवारी सम्बन्धमा धितोपत्रसम्बन्धी ऐन नियम, कम्पनी ऐन तथा अन्य सम्बन्धित ऐन नियमहरुको साथै बोर्डबाट भएका व्यवस्थाहरुबारे जानकारी राख्न धितोपत्रसम्बन्धी ऐन नियमहरु र अन्य व्यवस्थाको जानकारी बोर्डको वेबसाइट तथा बोर्डको सम्बन्धित प्रकाशनमार्फत समेत हेर्नुहोस् ।

धितोपत्रमा लगानी सम्बन्धमा कुनै जिज्ञासा, गुनासा तथा उजुरी भएमा बोर्डको बेवसाइटमा रहेको Grievance button मार्फत वा टोल फ्री नं. १६६०–०१–४४४३३ (निःशुल्क) वा हटलाइन नं. ५५४४०७६ वा बोर्डको ठेगानामा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS