IME Life
GBIME

हिमालयन रिइन्स्योरेन्सको आइपीओ यसै साताभित्र बाँडफाँड हुने, यस्तो छ तयारी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओ यसै साताभित्र बाँडफाँड हुने भएको छ। धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार यो कम्पनीको आइपीओ बाँडफाँडको सम्पूर्ण तयारी लगभग सकिएको छ। कम्पनीको आइपीओ प्रिअलोटमेन्ट सम्पन्न भइसकेकोले अब धितोपत्र बोर्डबाट अनुमति लिएर यस साताभित्रै बाँडफाँड गरिने क्यापिटलले जनाएको छ।

यो कम्पनीको आइपीओमा साढे १६ लाख बढीले आवेदन दिएका छन्। सीडीएससीका पुस २ गते अन्तिम दिन साँझ ५ः०८ बजेसम्म १६ लाख ६० हजार २२ जना आवेदकले ६ अर्ब ६३ करोड ६३ लाख ४० हजार ४ हजार ४२० रुपैयाँबराबरको ३ करोड २२ लाख १५ हजार ७० कित्ताका लागि आवेदन दिएका हुन्।

Crest

यस हिसाबमा १० कित्ताका दरले शेयर सबैलाई पर्छ भने २० कित्ताका लागि भने गोलाप्रथाका माध्यमबाट बाँडफाँड हुनेछ। कम्पनीले मंसिर २७ गतेबाट प्रिमियम मूल्यमा आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको छ। कम्पनीले ३ करोड कित्ता आइपीओ निष्काशनको अनुमति पाएको थियो। त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने ३० लाख कित्ता आइपीओ बिक्री गरिसकेको छ।

कम्पनीले कुल कित्ताको २ प्रतिशतले हुन आउने ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको थियो। बाँकी रहेको २ करोड ४९ लाख कित्तामा सर्वसाधारणलाई विक्री गरेको थियो।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी २०६ रुपैयाँमा आइपीओ बिक्री खुला गरेको थियो।

कम्पनीले आइपीओ निष्कासनका लागि गराएको रेटिङअनुसार इक्रा नेपालबाट केयरएनपी आईआर ए माइनस रेटिङ पाएको छ। यस रेटिङले कम्पनीमा गरिएको लगानीमा कम जोखिम रहेको संकेत गर्दछ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

17%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS