IME Life

नेशनल मेडिकल कलेजमा इण्डोमेट्रिओमा भएकी युवतीको सफल शल्यक्रिया

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल मेडिकल कलेजमा एक १९ वर्षीय युवतीको डिम्बासयमा पलाएको सिस्ट दुरबिन प्रविधिबाट शल्यक्रिया गरी सफलतापूर्वक निकालिएको छ । महिनाबारी गडबड भएर जम्मा भएर बनेको रगत र पानी जमेको सिस्ट (इण्डोमेट्रिओमा)लाई दुरबिन प्रविधि (ल्याप्रोस्कोपी) बाट निकालिएको हो ।

गत बिहीबार कलेजका चिकित्सक डा.प्रविण शाह, डा.रुवी श्रेष्ठ, रेजिडेन्ट डा.सरोज यादव, डा.स्नेहा श्रेष्ठको टीमले लामो समयदेखि इण्डोमेट्रिओमाबाट पिडित युवतीको उपचार गरेको हो । कलैया घर भएकी ती युवती लामो समयदेखि अनियमित महिनाबारी हुने तथा महिनाबारीका समयमा अत्याधिक पेट दुख्ने समस्याबाट पिडित थिइन् ।

Prabhu
Crest

उनी ५ महिना अगाडी नै नेशनल मेडिकल कलेजमा उपचारका लागि आएपनि काठमाडौंमा समेत गएर स्वास्थ्य जाँच गराउँदा अप्रेसन गर्न सल्लाह दिइएको थियो । त्यसपछि उनी नेशनल मेडिकल कलेजमै गएर सोको उपचार गरेकी हुन् ।

‘उनी ५ महिना अगाडी नै आएकी थिइन् । विचमा काठमाडौं पनि गइन् । नेशनल मेडिकल कलेजमै ल्याप्रोस्कोपी विधिबाट अप्रेसन हुन्छ भनेपछि उनीहरु यहीँ आए, अबी हामीले ३ वटा प्वाल पारेर ८.८ समीको सिस्ट निकाल्यौं ।’ शल्यक्रियामा संलग्न डा.प्रविण साहले भने । अप्रेसनमा कलेजका एनेस्थेसियाका डा.असिम गौडेल, रेजिडेन्ट डा।मेलिना असप्रित तथा ओटी स्टाफ इब्राहिम अन्सारीले सहयोग गरेका थिए ।

कुनैपनि महिलाहरुमा अनियमित महिनाबारी छ, महिनाबारी हुँदा अत्याधिक पेट दुख्न भने डिम्बासयमा इण्डोमेट्रिओमाको जोखिम हुन्छ । ‘महिनाबारी हुँदा अत्याधिक पेट दुखिरहन्छ, महिनाबारी गडबड छ भने दुखाई कम गर्ने औषधीमात्र खाएर बस्नु हुँदैन । विशेषज्ञ डाक्टरलाई देखाउनु पर्छ ।’ अनियमित महिनाबारी हुने सय जना महिलाहरुमा १० प्रतिशतलाई इण्डोमेट्रोमाको जोखिम हुने डा. साहले बताए ।

स्त्री तथा प्रसुति सेवाका लागि अत्याधुनिक उपकरणसहित दक्ष चिकित्सकहरु रहेको नेशनल मेडिकल कलेजकी डाइरेक्टर नुसरत जहाँ अन्सारीले बताइन् । मधेश प्रदेसकै टर्सरी स्वास्थ्य संस्थाका रुपमा रहेको नेशनल मेडिकल कलेजले सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS