IME Life New

नेपाल वायुसेवा निगम र थाइ एयरवेजबीच ग्राउण्ड ह्याडलिङ्ग सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वायुसेवा निगम र थाइ एयरवेज बीच ग्राउण्ड ह्याडलिङ्ग सम्झौता भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समय देखि आफ्नो उडानको सेल्फ ह्याडलिङ्ग गर्दै आएको थाई एयरवेजले सेल्फ ह्याडलिङ्ग गर्न छोडी नेपाल वायुसेवा निगमसँग ग्राउण्ड ह्याडलिङ्ग सेवा लिन चाहेकोले सो समझौता गरिएको निगमले जनाएको छ ।

उक्त सम्झौतामा निगमका तर्फबाट कार्यकारी अध्यक्ष युबराज अधिकारीले र थाई एयरवेजको तर्फबाट थाइ एयरवेजका वेष्टर्न एण्ड मिडिल इष्ट मामिला प्रमुख नारिन्तोर्न सुक्कासियमले हस्ताक्षर गरेका छन् ।
निगमका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूसँग रहेको ८० थान Ground Handling Equipment समेत नेपाल वायुसेवा निगमलाई प्रदान गर्न चाहे बमोजिम नेपाल सरकारबाट २०८०/४/३ मा स्वीकृत भए अनुसार आवश्यक समन्वय गरिे उक्त Equipment हरु निगमको स्वामित्वमा रहने गरि २०८०/८/३० मा हक हस्तान्तरण सम्झौता समेत सम्पन्न भएको छ।
निगमले गर्ने ग्राउण्ड ह्याडलिङ्ग सेवा IATA Safety Audit for Ground Operations (ISAGO) प्रमाणित भएको र निगमको ग्राउण्ड ह्याडलिङ्ग सेवालाई थाई सरकार तथा राष्ट्रिय ध्वजावाहक थाई एयरवेजले गरेको विश्वास प्रति निगमले आभार प्रकट गरेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS