काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । शुक्रबार बसेको यस कम्पनीको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो ।
कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्दैछ । यस बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।
1703393503852