IME Life New

लाभांश पारित गर्न नेपाल टेलिकमले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल टेलिकमले १६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले पुस २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। सो आर्थिक वर्षका लागि कम्पनीले प्रतिकित्ता ४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको छ।

सभाले सर्वसाधारण समूहबाट एकजना सञ्चालकको निर्वाचन गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वित्तीय विवरण र सञ्चालक समितिको वार्षिक प्रतिवेदन अनुमोदन गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १९ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस १९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS