IME Life New

नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे थप प्रस्टीकरण जरुरी नरहेको अर्थलाई धितोपत्र बोर्डको जबाफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रियाका विषयमा फेरि अर्थ मन्त्रालयमार्फत सरकारसमक्ष पत्र पठाएको निर्णय गरेको छ।

धितोपत्र बोर्डको आज बसेको सञ्चालक समितिको बैठकले फेरि अर्थ मन्त्रालयमार्फत सरकारलाई नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया अगाडि बढाउने वा नबढाउने विषयमा निर्णय गरिदिन आग्रह गर्दै पत्र पठाउने निर्णय गरेको हो। ‘यसअघि पठाएको पत्रमा अर्थ मन्त्रालयलाई मात्रै सम्बोधन गरिदिएको थियो, मन्त्रिपरिषद्लाई गरिएको थिएन’, एक सञ्चालक समितिले भने, ‘अर्थ मन्त्रालयले मन्त्रिपरिषदलाई नै सम्बोधन गरी नयाँ स्टक एक्सचेन्ज ल्याउनुपर्ने विषयमा थप प्रस्ट पारिदिन भन्दै धितोपत्र बोर्डलाई पत्र पठाएको थियो। सोहीबमोजिम फेरि पत्र पठाउने निर्णय भएको छ।’

Esewa
Crest

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया अगाडि बढाउन अर्थ समिति र सर्वोच्च अदालतले ग्रिन सिग्नल दिइसकेको अवस्थामा यस विषयमा थप प्रस्ट पारिरहनुपर्ने जरुरी नरहेको पनि ती सञ्चालक समितिले बताए। ‘त्यतिबेला मन्त्रिपरिषदले नै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया रोक्न निर्देशन दिएको थियो’, ती सञ्चालकले भने, ‘त्यसैले अब मन्त्रिपरिषदले विषयमा निर्णय गर्नुपर्छ।’

नयाँ स्टक एक्सचेन्जको विषयमा थप अध्ययन गर्नु नपर्ने निर्णय सञ्चालक समितिले गरेको पनि ती सञ्चालकले जानकारी दिए। ‘अब सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउने वा नबढाउने वा त प्रक्रिया नै रद्द गर्ने, के गर्ने हो भनेर हामीले सरकारसँग जबाफ माग्नेछौँँ’, ती सञ्चालकले भने।

गत वैशाखको अन्तिम सातातिर मन्त्रिपरिषद्को बैठकले थप अध्ययन गर्नुपर्ने भन्दै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न धितनोपत्र बोर्डलाई निर्देशन दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS