IME Life New

चाडपर्वका नाममा विद्यार्थीलाई अन्य पोसाक किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने काठमाडौं महनगरपालिकाको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई चाडपर्वका नाममा विद्यालय पोसाकबाहेक अन्य पोसाक खरिद गर्न बाध्य नपार्न विद्यालयहरुलाई आग्रह गरेको छ।

काठमाडौं महानगर क्षेत्रमा रहेका सबै विद्यालयलाई परिपत्र जारी गर्दै महानगरपालिकाले यस्तो आग्रह गरेको हो। महानगरभित्र सञ्चालित केही विद्यालयले विभिन्न चाडपर्वका नाम विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो प्राप्त भएको भन्दै महानगरपालिकाले तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न विद्यालयहरुलाई आग्रह गरेको छ।

Esewa
Crest

कोही कसैले यो परिपत्रविपरीत कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्डसजाय हुने महानगरपालिकाले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS