IME Life New

घटेको बजारमा यी १० ब्रोकरबाट उच्च कारोबार, कसको कति खरिद–बिक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज ७ दिनपछि दोहोरो अंकको करेक्सन आएको छ। बजार आज ३२.७७ अंकले घटेर २१०९.१० को विन्दुमा झरेको छ। शेयर बजारमा आज हिजोको तुलनामा कारोबार रकम पनि घटेको छ। आज सवा ६ अर्ब बढीको कारोबार भएको छ।

नेप्से सूचक र कारोबार दुवै घटेको बजारमा आज उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकरको पहिलो स्थानमा नासा सेक्युरिटिज (ब्रोकर नं. ५८) रहेको छ। यो ब्रोकरबाट २८ करोड ६५ लाख रुपैयाँ बढीको शेयर खरिद भएको छ भने २९ करोड ६२ लाख रुपैयाँ बढीको शेयर बिक्री भएको छ।

Esewa
Crest

दोस्रो स्थानमा इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५) रहेको छ। यो ब्रोकरबाट २६ करोड ७७ लाख रुपैयाँको शेयर खरिद र २७ करोड ४३ लाख रुपैयाँको शेयर बिक्री भएको छ।

उच्च कारोबारका हिसाबले भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४) तेस्रो स्थानमा रहेको छ। यो ब्रोकरबाट २३ करोड १३ लाख रुपैयाँको शेयर खरिद भएको छ भने २५ करोड ८० लाख रुपैयाँको शेयर बिक्री भएको छ।

चौथोमा सनी सेक्युरिटिज (ब्रोकर नं. ४२)

  • खरिदः २२ करोड ६७ लाख रुपैयाँ
  • बिक्रीः २० करोड ४९ लाख रुपैयाँ

पाँचौँमा अनलाइन सेक्युरिटिज (ब्रोकर नं. ४९)

  • खरिदः २२ करोड ८८ लाख रुपैयाँ
  • बिक्रीः १७ करोड ४२ लाख रुपैयाँ

छैटौँमा डाइनामिक मनी मेनेजर्स (ब्रोकर नं. ४४)

  • खरिदः १९ करोड ९३ लाख रुपैयाँ
  • बिक्रीः १९ करोड ४६ लाख रुपैयाँ

सातौँमा आर्यतारा इन्भेस्टमेन्ट (ब्रोकर नं. ५७)

  • खरिदः १९ करोड ५८ लाख रुपैयाँ
  • बिक्रीः १८ करोड ३१ लाख रुपैयाँ

आठौँमा कोहिनुर इन्भेस्टमेन्ट (ब्रोकर नं. ३५)

  • खरिदः १७ करोड ३२ लाख रुपैयाँ
  • बिक्रीः २० करोड ३५ लाख रुपैयाँ

नवौँमा दिपशिखा धितोपत्र (ब्रोकर नं. ३८)

  • खरिदः १७ करोड ७७ लाख रुपैयाँ
  • बिक्रः १६ करोड ९३ लाख रुपैयाँ

दसौँमा स्टक ब्रोकर ओपल (ब्रोकर नं. ४)

  • खरिदः १६ करोड ४६ लाख रुपैयाँ
  • बिक्रीः १४ करोड ४९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS