IME Life New

अपी पावरले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् विशेष प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपी पावरले २० औँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको आज दिउँसो बसेको बैठकले वार्षिक साधारणसभा पुस २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा बिहान ११ बजेबाट हुनेछ।

Esewa
Crest

सभाले कम्पनीले नयाँ आयोजनाहरुको पहिचान, विकास, प्रवर्द्धन गर्न लगानी गर्ने तथा अन्य कम्पनीहरुबाट समेत प्रवर्द्धन भई विकास तथा निर्माण भइरहेका जलविद्युत आयोजनाहरुमा लगानी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले नियमनकारी निकायहरुबाट कम्पनी अद्यावधिक गर्दा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियार प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले आर्थिक वर्ष २०७९÷८०को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको वित्तीय विवरण स्वीकृत गर्नेछ। वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १७ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS