IME Life New

संगठित संस्थाको विवरण प्रवाहमा पारदर्शिता कायम गर्न लेखामान बोर्ड र धितोपत्र बोर्डले सहकार्य गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धितोपत्र बजारसँग सम्बन्धित संगठित संस्थाको विवरण प्रवाहमा एकरुपता तथा पारदर्शिता कायम गर्न र प्रतिवेदन मानहरुमा एकरुपता कायम गर्न लेखामान बोर्ड र नेपाल धितोपत्र बोडबीच सहकार्य गर्ने सम्झौता भएको छ।

सम्झौतापत्रमा धितोपत्र बोर्डका तर्फबाट अध्यक्ष रमेशकुमार हमाल र लेखामान बोर्डका तर्फबाट अध्यक्ष प्रकाशजंग थापा, एफसीएले हस्ताक्षर गरेका छन्। यो सम्झौताको मुख्य उद्देश्यमा विशेषगरी नेपालमा नेपाल सस्टेनेबिलिटी रिपोर्टिङ स्ट्यान्डर्डस् (एनएसआरएस) को विकास तथा कार्यान्वयन गर्ने विषय समावेश गरिएको छ। नेपालको सन्दर्भमा सस्टेनेबिलिटी रिपोर्टिङ नवीन अवधारणा हो। जसले व्यावसायिक अभ्यासहरु वातावरण वा समाजका लागि मात्र नभई व्यापारका लागि पनि राम्रो हुन्छ भन्ने कुरा प्रस्तुत गर्दै वातावरणीय जिम्मेवारी, सामाजिक उत्तरदायित्व, सुशासनको पूर्ति र जबाफदेहीताको जानकारी सुनिश्चित गर्नेछ।

Esewa
Crest

एनएसआरएस विकास गर्ने मुख्य भूमिका लेखामान बोर्डको हुनेछ भने धितोपत्र बोर्डले सो मान कार्यान्वयन गर्ने आवश्यक भूमिका निर्वाह गर्नेछ। लेखामान बोर्डले सो मानहरुसँग सम्बन्धित प्राविधिक विषयहरुमा धितोपत्र बोर्डलाई आवश्यक सहयोग गर्नेछ।

जुलाई २०२३ मा इन्टरनेसनल अर्गनाइजेसन अफ सेक्युरिटिज कमिसन्स (आईओएससीओ)ले आईएसएसबीबाट जारी भएका आईएफआरएस एस१ र आईएफआरएस एस२लाई समर्थन गर्दै आफ्ना सदस्यहरुलाई उक्त मानहरु लागू गर्न आह्वान गरेको छ। धितोपत्र बोर्ड आईओएससीओको सदस्य रहेकाले सो मानहरु लागू गर्न प्रतिबद्धता जनाएको छ। साथै, सस्टेनबल डेभलपमेन्ट गोल्ज (एसडीजीएस) १२ रेस्पोन्सिबल कन्जप्सन एन्ड प्रडक्सनमा सस्टेनेबिलिटी रिपोर्टिङ लागू गरेर दिगो उपभोग र उत्पादन सुनिश्चित गर्नुपर्ने प्रावधान रहेको छ। नेपाल एसडीजीएसप्रति प्रतिबद्ध रहेको हुनाले यो सम्झौतालाई महत्वपूर्ण रुपमा लिइएको छ।

नेपालका लागि मानहरु तयार गर्ने जिम्मेवारी लेखमान बोर्डको रहेको हुँदा आर्थिक वर्ष २०८०/८१ भित्र एनएसआएसको विकास गर्ने कार्य योजनाअनुसार लेखमान बोर्डका अध्यक्ष प्रकाशजंग थापा, एफसीएको अध्यक्षतामा विभिन्न निकायका प्रतिनिधि रहेको नेपाल स्टेनेबिलिटी डिस्क्लोजर स्ट्यान्डर्डस् विकास समिति गठन गरेको छ। समितिमा धितोपत्र बोर्डको समेत प्रतिनिधित्व रहेको छ।

धितोपत्र बजार सम्बद्ध संगठित संस्थाहरुबाट प्रवाहित हुनुपर्ने सूचना तथा जानकारी अन्तर्राष्ट्रिय रुपमा प्रचलित असल अभ्यास हुनुपर्नेमा सदैव सचेत रहेको र सोहीअनुसार नेपालमा समेत यस्ता अभ्यासअनुसार कार्य गर्न धितोपत्र बोर्डले प्रतिबद्ध जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS