IME Life New

सामूहिक सुधार आए उदयपुर सिमेन्ट कारखाना पूर्णरूपमा सञ्चालनमा आउँछः अर्थमन्त्री डा. महत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्वपूर्ण भएको बताएका छन् । बुधबार उद्योग र उद्योगले प्रयोगमा ल्याएको खानी निरीक्षण गर्दै मन्त्री डा। महतले यो महत्वपूर्ण उद्योग सञ्चालनमा आएको समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताएका हुन् । सामूहिक प्रयासबाट मात्र उद्योग पुनः सञ्चालनको सम्भावना रहेको निरीक्षणका क्रममा मन्त्री डा.महतले बताए ।

उनले भने, ‘सरकारले अनुदान दिएर मात्र समाधान निस्कदैन । व्यवस्थापन सुध्रिनुपर्यो, श्रमिकले जिम्मेवारीबोध गर्नुपर्यो । कसले जिम्मेवारी बोध नगर्दा यो अवस्था सिर्जना भयो? यसको हामी सबैले मूल्यांकन र विश्लेषण गरौं । विगतबाट पाठ सिकेर आफूलाई परिवर्तन गर्नुपर्छ ।’

Esewa
Crest

‘निजी क्षेत्रमा धेरै उद्योग व्यवसाय सञ्चालन हुन्छ । पाँच दर्जनभन्दा बढी निजी क्षेत्रको सिमेन्ट उद्योग छ । व्यवस्थापन र सरकारले ध्यान नदिएको श्रमिक साथीहरुबाट आयो’ उनले भने, ‘निजी क्षेत्रले आफैले जमिन किन्छ, उद्योग आफै बनाउँछ, ऋण लिएर मेसिन किन्छ र सञ्चालन गर्छ । सबै सञ्चालन खर्च तिरेर पनि नाफा कमाउँछ ।’

‘उदयपुर सिमेन्ट कारखाना जापान सरकारले सहयोग गरेको हो । त्यसबेला ४४ करोड लगानी भएको छ । अहिले पनि एक अर्ब रुपैयाँको साउब्याज केही तिर्नुपर्दैन, तिरेको पनि छैन । सञ्चालन खर्चको दायित्व पूरा गरे पुग्छ । तर सञ्चालन खर्चको दायित्व पनि पूर्ति गर्न सकेको छैन । अहिले ७५ करोड रुपैयाँको दायित्व देखिन्छ’ मन्त्री डा. महतले भने,

उनले भने, ‘सरकारले व्यवस्थापक नियुक्ति गर्यो, त्यहाँ पनि कमजोरी छ । व्यवसायिकतालाई हामीले महत्व दिएनौं । व्यवस्थापनको नेतृत्व पनि त्यस्तै । श्रमिकले पनि हाम्रो जिम्मेवारी भनेको त सुविधा माग गर्ने हो भन्ने मात्र ठाने । त्यसको साझा परिणाम उद्योगको अहिलेको अवस्था हो ।’

‘कोभिडपछि मात्र यस्तो भएको हो भन्ने ठाउँ छैन । त्योभन्दा अगाडिदेखि नै समस्या थपिँदै आएको थियो । कोभिड तत्कालिक समस्या हो । समस्या आयो भनेर जिम्मेवारीबाट पन्छिने अवस्था पनि छैन । हामी सबै सुध्रिनेबाहेक अर्को विकल्प छैन’ उहाँले भन्नुभयो, ‘मेरोभन्दा पनि अझ बढी महत्व दिएर यसको सम्पत्ति रक्षा गर्नुपर्छ भन्ने मानसिकता हामीसँग भएन । यसैकारण नेपालमा सार्वजनिक क्षेत्र सफल हुन सकेको छैन ।’

‘मन्त्री डा. महतले भने, ‘उद्योगमा सरकारको सहभागिता जरुरी होइन । निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउन र मनोपलाइज हुन नदिन सरकारले लगानी गर्यो, विदेशी मित्र राष्ट्रले पनि सहयोग गर्यो, यसलाई निरन्तरता दिउँ भन्ने हो भने हामी सबैले थप जिम्मेवारीका साथ काम गर्न म अनुरोध गर्न चाहन्छु ।’

‘जापानको सहयोगमा बनेको हो, कामको संस्कृति पनि हामीले जापानको जस्तै विकसित गर्नुपर्छ । अप्ठ्यारो परेका बेला हामीले कम्पनीसँग माग्ने होइन, दिनुपर्छ भन्ने मानसिकता बनाउनुपर्छ’ मन्त्री डा. महतले उनले भने, ‘अहिले हामीलाई सुविधा चाहिँदैन भन्नुपर्छ, रातविरात नभनी काम गर्नुपर्छ । यसलाई बचाउनु हाम्रो जिम्मेवारी हो, यसलाई बचायौं भने पछि सुविधा माग गरौंला । यो समृद्ध भयो भने त्यहीअनुसार माग गर्न पाइन्छ । यो नै मर्यो भने कहाँ कोसँग के माग्ने ?’

‘यो संस्कृति विकसित गरियो भने मात्र हामीले यो उद्योग बचाउन सक्छौं । यो परिवेश निर्माण भयो भने मात्र सरकार तत्कालिक अप्ठ्यारो फुकाउन लाग्छ’ उनले भने, ‘यसको लागि सामूहिक प्रतिबद्धता तपाईंहरुबाट आउनुपर्छ ।’

व्यवस्थापन र ट्रेड युनियनबाट प्रतिबद्धता आएन भने उद्योग बचाउन कठिन हुने उनका भनाइ थियो । उद्योग बचाउने प्रतिबद्धता गर्ने हो भने समयसँग नयाँ प्रविधिको उपयोग गरेर धेरै काम गर्न सकिन्छ । उदयपुर जिल्लाकै अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेको यस उद्योग बचाउनुपर्छ भन्ने मानसिकता बोकेर काम गरियो भने सरकारले पनि सहयोग गर्छ उनले भने,

‘दीर्घकालीन सोच राख्न म अनुरोध गर्छु, अहिले मैले के पाउँछु, के पाउँदिन भन्ने हेरियो भने भोलि केही पनि पाइँदैन । भोलिसम्म पाउन सुनिश्चिता गर्ने हो भने यहाँ भएका सबैको काममा व्यवसायिकता देखिनुपर्छ । यो संसारमा जो प्रतिस्पर्धी व्यवसायी हुँदैन, त्यो टिक्दैन’ मन्त्री डा. महतले भने, ‘प्रतिस्पर्धामा टिक्नुपर्छ ।

यो उद्योगमा अन्तबाट उठेको कर यहाँ हाल्दै जर्बजस्ती बचाउन सकिँदैन । यसलाई बचाउने हो भने व्यवस्थापन, मजदुर, सञ्चालक र स्थानीय सरकारले सामूहिक प्रतिबद्धता गरौं । यो प्रतिबद्धता आयो भने नगरिनहुने काममा सरकारले पहिलो चरणमा हेर्नेछ । त्यसपछि तपाईंहरुको परफमेन्स हेरेर सरकारले अगाडिको कदम चाल्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS