IME Life New

थप ३ नयाँ कम्पनीको शेयर बिहीबारबाट कारोबारमा आउँदै, कुन–कुन र कति पाए ओपनिङ रेन्ज ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धितोपत्र दोस्रो बजारमा भोलि बिहीबारदेखि थप ३ वटा नयाँ कम्पनीको शेयर कारोबारमा आउने भएको छ।

भिजन लुम्बिनी ऊर्जा, चिरख्वा हाइड्रोपावर र नेपाल वेयरहाउजिङ कम्पनीको शेयर बिहीबारदेखि कारोबारमा आउने भएको हो। यी कम्पनीको आइपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गर्छन्।

Esewa
Crest

भिजन लुम्बिनी ऊर्जाको १०० अंकित दरका कुल १ करोड ९१ लाख २५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको १ करोड ५३ लाख कित्ता (८० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय र कर्मचारी)को ३८ लाख २५ हजार कित्ता (२० प्रतिशत) रहेको छ।

नेप्सेले यो कम्पनीलाई भीएलयूसीएल कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने प्रतिकित्ता न्यूनतममा १२१.७८ रुपैयाँदेखि अधिकतममा ३६५.३४ रुपैयाँ तोकिएको छ।

यसैगरी नेप्सेमा चिरख्वा हाइड्रोपावरको १०० अंकित दरका कुल ४० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २८ लाख कित्ता (७० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय र कर्मचारी)को १२ लाख कित्ता (३० प्रतिशत) रहेको छ।

नेप्सेले यो कम्पनीलाई सीकेएचएल कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने प्रतिकित्ता न्यूनतममा १००.०१ रुपैयाँदेखि अधिकतममा ३००.०३ रुपैयाँ तोकिएको छ।

त्यस्तै नेप्सेमा नेपाल वेयरहाउजिङको १०० अंकित दरका कुल ६८ लाख ७५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ५५ लाख कित्ता (८० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारी)को १३ लाख ७५ कित्ता (२० प्रतिशत) रहेको छ।

नेप्सेले यो कम्पनीलाई एनडब्ल्यूसीएल कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने प्रतिकित्ता न्यूनतममा ९४.०४ रुपैयाँदेखि अधिकतममा २७९.१२ रुपैयाँ तोकिएको छ।

भोलि स्पेसल प्रिओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र यदि यी कम्पनीको शेयर किनबेच भएमा नियमितसत्रका लागि शेयर कारोबारमा आउनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS