IME Life New

विन्ध्यवासिनी हाइड्रोपावरको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको मंगलबार (पुस ३ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले चुक्तापुँजीको ५.२६३२ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

Esewa
Crest

सञ्चालक समितिको बैठकले कम्पनीको सातौँ वार्षिक साधारणसभा पनि आह्वान गरेको छ। सभा यही पुस २६ गते काठमाडौंको नयाँबानेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले सञ्चालक समितिले वितरण गर्ने भनी निर्णय गरेको नगद लाभांश अनुमोदन गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र आर्थिक वित्तीय विवरणहरु पारित गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस १७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा सहभागी योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS