IME Life New

वायुसेवा निगमको दोब्बरभन्दा बढीले वृद्धि भयो आम्दानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वायुसेवा निगमको आम्दानी गत ३ वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ।

महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कुल आम्दानी आर्थिक वर्ष २०७७/७८ मा रु. ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रुपैयाँ रहेको थियो भने आर्थिक वर्ष २०७८/७९ मा रु. १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रुपैयाँ रहेको थियो। त्यसैगरी आर्थिक वर्ष २०७९/८० को प्रारम्भिक कुल आम्दानी रु. २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ देखिएको छ। यसरी हेर्दा निगमले गत ३ वर्षमा आफ्नो आम्दानीमा १४४ प्रतिशतले वृद्धि गरेको छ।

Esewa
Crest

विगत ८ वर्षदेखि निगमसँग अन्तर्राष्ट्रियतर्फ ४ वटा र आन्तरिकतर्फ २ वटा जहाज उडानमा रहेका छन्। निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात उपलब्ध भएका जहाज तथा साधनस्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको र निगम विस्तारै प्रगति उन्मुख भएर अगाडि बढेको पुष्टि हुने निगमले जनाएको छ।

हालको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढंगले बजारीकरण गरी अझै धेरै आम्दानी गर्नका लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकोले यसतर्फ आवश्यक कार्ययोजना बनाई अगाडि बढ्ने कार्य भइरहेको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS