IME Life New

लगातार ६ दिनदेखि उकालो लागेको शेयर बजारमा साढे ६% ले बढ्यो लगानीकर्ताको सम्पत्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार पछिल्लो ६ कारोबार दिनदेखि बढिरहेको छ। गत मंसिर २६ गतेदेखि लगातार बजार बढिरहेको छ।

आज नेप्से परिसूचक ४५.९८ अंकले बढेर २१०६.४८ को विन्दुमा पुगेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत केही लचिलो नीति राष्ट्र बैंकले लिएपछि बजार बढ्न थालेको हो।

Esewa
Crest

लगानीकर्ताको मनोबल बढेसँगै शेयर बजारमा कारोबार रकम पनि बढ्दै गएको छ ।

पछिल्लो ६ दिनको बढाइमा शेयर बजारका लगानीकर्ताको सम्पत्ति ६.५५ प्रतिशतले बढेको छ। गत मंसिर २६ गते बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब रुपैयाँ रहेको थियो। आज बजार पुँजीकरण बढेर ३२ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ।

यस हिसाबले ६ दिनमा लगानीकर्ताको सम्पत्ति २ खर्ब रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS