IME Life New

शिवम सिमेन्टको लाभांश घोषणा, बुक क्लोजको मिति पनि तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवम सिमेन्टले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफा रकमबाट हाल कायम चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १४.२५ प्रतिशतले हुन आउने ६२ करोड ७० लाख रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने ३ करोड ३० लाख रुपैयाँबराबरको नगद लाभांश छन्।

Esewa
Crest

प्रस्तावित लाभांश अनुमोदन गर्न वार्षिक साधारणसभा पुस २७ गते डाक्ने र लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ पुस १९ गते बुक क्लोज गर्ने निर्णय पनि बैठकले गरेको छ। यसको अर्थ पुस १९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS